Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1322




लकडाउन उल्लेघंनका घटना बढ्दो, एकैदिन २६ जना प्रहरी नियन्त्रणमा
लकडाउन उल्लेघंनका घटना बढ्दो, एकैदिन २६ जना प्रहरी नियन्त्रणमा

बैशाख ९, पर्वत । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड१र्९) को रोकथाम र नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन गरिएको भए पनि पर्वत जिल्लामा भने यसको उचित पालना नभएको पाईएको छ । जिल्ला सदरमुकाम कुश्मालगायत जिल्लाका स्थानीय तहहरूमा प्रभावकारी रूपमा लकडाउनको पूर्ण पालना भएको छैन ।

 

स्थानीय प्रशासनले कडाइ गरे पनि समूहमा हिँड्ने, भिडभाड गर्ने, समूहसमूहमा काममा निस्कने, अत्यावश्यक बाहेकका पसलहरू पनि खोल्ने, जुवातास खेल्ने, समूहमा मादक पदार्थ सेवन गर्ने, माछा मार्ने, समूह बनाएर मर्निङ र ईभिनिङ वाक गर्ने जस्ता गतिविधि भइरहेको गुनासो सुनिँदै आएको छ । यसैविच कोरोना संक्रमण फैलिएको अबस्थामा लक डाउन उल्लंघन गरेर मर्निङ्ग वाल्कमा निस्केकाहरुलाई पर्वत प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

पर्वतको कुस्माबजारमा मंगलबार बिहानै लक डाउन उल्लंघन गर्दै मर्निङ्ग वाल्कमा निस्केका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । कुस्माबजारबाट गोदाम तर्फ मर्निङ्ग वाल्कमा निस्केकाहरुलाई दुर्लुङ्गचोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई आधा घण्टा रोकेर अब ननिस्कन सम्झाई बुझाई गरेर छाडिएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)