Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1224




तीन दिन हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने – (समय तालिका यस्तो छ हेर्नुहोस्)
तीन दिन हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने – (समय तालिका यस्तो छ हेर्नुहोस्)

बैशाख ९, पर्वत । सोमबार रातिदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले केही ठाउँमा हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा मौसमी प्रणाली अलि धेरै सक्रिय रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।स्थानीय वायु र पश्विमी वायुको प्रभाव रहेकाले अहिले मुलुकका अधिकांश स्थानमा सामान्य बदली रही मेघ गर्जन, चट्याङरहावाहुरीसहित वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

वैशाख ९ गते मंगलबार_

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। राति M देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जनर चट्याङर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

 

वैशाख १० गते बुधबार_

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। अपरान्हपश्चात् पहाडी भू(भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।राति M देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

 

 

वैशाख ११ गते बिहीबार_

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भूभागका थेरै केही स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। राति M देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू(भागका थेरै केही स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)