Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1731




लकडाउनका कारण अलपत्र चुवाका ८० मजदुरलाई घर पठाईयो
लकडाउनका कारण अलपत्र चुवाका ८० मजदुरलाई घर पठाईयो

बैशाख ११, पर्वत ।  लकडाउनका कारण अलपत्र परेका कामदार तथा मजदुरलाई कुश्मा नगरपालिका चुवाले घर पठाएको देशका विभिन्न जिल्लाबाट चुवाको विकास निर्माणमा काम गर्ने आएका ८० जना मजदुरलाई सुरक्षित तरिकाले घर पठाईएको हो जाजरकोट, दैलेख, नेपालगंज, सर्खेत धारिङवाट विकास निर्माणको काम गदै आएका मजदुरहरु नेपाल सरकारले लकडाउन गरेपछि अलपत्र परेका थिए  

 

अलपत्र परेका मजदुरलाई उनीहरुकै स्थानीय तहसँग समन्वय गरिसम्बन्धित जिल्ला पठाएको वडा अध्यक्ष राजकुमार क्षेत्रीले जानकारी दिनुभयो अलपत्र अवस्थामा परेका मजदुरलाई वडा कार्यालयले गाडीको व्यवस्था गरि सम्बन्धित जिल्ला पठाएकोे क्षेत्रीले बताउनु भयो घरजान पाएपछि मजदुर खुशी भएका थिए लकडाउनका कारण अलपत्र परेका मजदुरलाई घर पठाउने काम सम्भावत जिल्लामै पहिलो  हो

 

अन्य स्थानीय तहले विकास निर्माणमा खटिएको मजदुरलाई राहात समेत नदिएको गुनासो आईरहेका बेला वडा अध्यक्ष राजकुमार क्षेत्रीले विकास निर्माणमा खटिएका मजुदरलाई घर पठाएको भन्दै चौतर्फी प्रशंसा हुन थालेको   कोरोनाका कारण देश लकडाउन भइरेको अवस्थामा चुवा भित्र सजगता अपनाउँदै चुवा वडामा प्रवेश गर्ने हरेक व्यक्तिको निगरानी गरेको क्षेत्रीले बताउनु भयो वडा कार्यालयले वडाको अति विपन्न तथा गरिव सय ८२ जना घर परिवारलाई राहात वितरण गरिसकेको

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)