Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1168




जलजला र मोदीमा ब्यक्तिगत सर्वेक्षणका लागि गुगल फाराम तयार
जलजला र मोदीमा ब्यक्तिगत सर्वेक्षणका लागि गुगल फाराम तयार

बैशाख ११, पर्वत । पर्वतको जलजला गाउँपालिका र मोदी गाउँपालिकाले आफ्ना नागरिकको वास्तविक अवस्था पत्ता लगाउन व्यक्तिगत सर्वेक्षणका लागि गुगल फारम तयार पारेको छ । यो फारम विश्वका जुनसुकै ठाउँबाट पनि भर्न सकिने गाउँपालिकाहरुले जनाएका छन ।

 

हरेक विपत्तिमा राहत तथा पुर्नस्थापना लगायत नागरिकको अवस्था सर्वेक्षणका लागि यो फारम निकै प्रभावकारी हुने जलजला गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । सूचना प्रविधिको राम्रो उपयोग गर्दै आएको गाउँपालिकाले हाल देश लकडाउनको अवस्थामा रहेको समयमा पनि नागरिकका लागि अनलाइन प्रविधिमार्फत आफ्नो सेवा दिइरहेको शर्माले जानकारी दिनुभयो ।

 

मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीका अनुसार लिंक खोली एक मिनेटमा फारम भर्न सकिने छ । गाउँपालिकाहरुले संसारका जुनसुकै ठाउँमा भएका आफ्ना नागरिकलाई फाराम भरी सर्वेक्षणमा सहभागी हुन अनुरोध समेत गरेको छन् ।

 

देश र विदेशका विभिन्न ठाउँमा रहेका स्थानीनबासीको जानकारी लिई उनीहरुलाई आवश्यकता अनुसार सहयोग गर्ने उद्देश्यले अनलाइन फारम तयार गरिएको मोदी गाउाँलिकाका प्रवक्ता बिमल लामिछानेले बताउनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)