Correspondent, ParbatNepal
6 years ago
1287
बैशाख ११, पर्वत । चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वत र फलेवास नगरपालिकाले राहात रकम हस्तान्तरण गरेका छन् । बैशाख ७ गते चट्याङ लागेर मृत्यु भएकी फलेवास नगरपालिका–३ शंकरपोखरी निवासी २८ बर्षिय कल्पना भुषालको परिवारलाई जिल्ला प्रशासन कार्यालय अन्तर्गत दैविक प्रकोप उद्धार कोषबाट १ लाख र फलेवास नगरपालिकाले दैविक प्रकोय उद्धार समिति मार्फत ५१ हजार रुपैयाँ प्रदान गरिएको हो ।
फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरिक्षक श्यामु अर्याल र फलेवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजाल सहितको टोलीले मृतकको घरमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । भुसालको वैशाख ७ गते दिउँसो घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको थियो ।
चट्याङ लागेर गम्भीर घाईते भएकी भुसालको उपचारका लागि पर्वत अस्पतालमा ल्याउँदै गर्दा वाटोमै मृत्यु भएको हो । उनका एक छोरा र श्रीमान रहेका छन् । राहत रकम मृतकका श्रीमान यज्ञप्रसाद भुसाललाई हस्तान्तरण गरिएको फलेवासका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । सो अवसरमा मृतकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो ।
