Correspondent, ParbatNepal
6 years ago
1753
बैशाख १२, पर्वत । लकडाउनका कारण समस्यामा परेका एकल तथा विपन्न महिलाहरुलाई राहात स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ । नेपाल महिला संघ पर्वतले कुश्मा नगरपालिका–२ खुर्कोटका एकल तथा विपन्न महिलाहरुलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको हो । महिला संघले खुर्कोट वडा कार्यालय सँग समन्वय गरेर ३ सय केजी चामाल विवरण गरेको जनाएको छ ।
लकडाउनका कारण समस्यामा परेका एकल महिला तथा अति विपन्न परिवारलाई चामाल सहित दाल, चिनी, नुनतेल लगायतका सामग्री वितरण गरेको नेपाल महिला संघ पर्वतकी कार्यवाहक अध्यक्ष मुना शर्मा लामिछानेले जानकारी दिनुभयो । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण एकल तथा विपन्न महिलालाई समस्या परेको गुनासो आएसँगै उनीहरुलाई राहात स्वरुप खाद्यान्न वितरण गरिएको लामिछानेले बताउनु भयो । साथै उहाँले लकडाउनका कारण कुनै पनि महिलाहरुलाई समस्यामा परेको भएमा सम्पर्क गर्न लामिछानेले अनुरोध गर्नुभयो । नेपाल महिला संघ सँधै महिलाहरुको पक्षमा रहेको बताउँदै लकडाउनका कारण समस्यामा परेका महिलाहरुलाई सहयोग गदै जाने उहाँले बताउनु भयो ।
कार्यक्रममा कुश्मा नगरपालिका–२ खुर्कोटका वडा अध्यक्ष यदुनाथ बास्तोलाले नेपाल महिलासँघले वडा कार्यालय सँग समन्वय गरेर एक महिलाहरुलाई खाद्यान्न वितरण गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले लकडाउनका कारण समस्यामा परेका अति विपन्न तथा गरिव परिवारलाई राहात वितरण गरेको जनाउनु भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस खुर्कोटका सभापति कालीभक्त शर्मा, नेपाल विद्यार्थी संघ हिमालय मावि खुर्कोटका सभापति विबेक गिरी लगायतको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रममा कुश्मा नगरपाकिला–२ खुर्कोटको अर्मादी भन्ने ठाउँमा सम्पन्न भएको थियो ।
