Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1557




पर्वतको डिमुवा नाकाबाट जिल्ला भित्रिने बढे
पर्वतको डिमुवा नाकाबाट जिल्ला भित्रिने बढे

वैशाख १२, पर्वत पर्वतको डिमुवा नाकाबाट पर्वत लगायत बागलुङ, म्याग्दी मुस्ताङ जिल्ला भित्रिने बढेका छन् सरकारले लकडाउन लागु गरेको भएपनि धौलागिरीको मुख्य नाका डिमुवाबाट बस पैदल गर्दै मानिसहरू जिल्ला भित्रिरहेका छन्

 

जनप्रतिनिधिहरुको पहलमा यात्रुहरु काठमाडौं, चितवन, नवलपरासी, पोखरा लगायतका स्थानबाट जिल्ला भित्रिन थालेका हुन् लकडाउनका कारण समस्यामा परेकाहरुलाई जिल्ला भित्र्याउन थालिएसँगै लकडाउनको प्रभावकारिता कमजोर हुँदै गएको

 

विगत दिनको अवधिमा डिमुवा नाकाबाट ५७२ जना भित्रिएका छन् धमाधम बस आउन थालेकाले अझ केही दिन जिल्ला भित्रिनेको संख्या बढ्ने अनुमान गरिएको मोदी गाउँपालिकाले स्थापना गरेको हेल्थ डेस्कले दिएको जानकारी अनुसार बिहीवार मात्रै सय जना भित्रिएका छन जिल्ला भित्रिनेमा २४ जना पुरुष भने ७८ जना महिला छन् बुधवार ९३ जना महिला २९ जना पुरुष भित्रिएका छन वैशाख गते सय १५ जना महिला २७ जना पुरुष प्रवेश गरेका थिए विभिन्न ठाउँमा मजदूरी गर्दै आएका महिलाहरू बढी घर फर्केको देखिन्छ यो अवधिमा सय ५२ जना महिला आएका छन् भने सय २० जना मात्रै पुरुष आएका छन्

 

डिमुवामा रहेको हेल्थडेस्कमा जिल्ला भित्रिनेहरुको अनिवार्य रुपमा स्वास्थ्य जाँच गरेर मात्र पठाइएको मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले जानकारी दिए लकडाउन शुरु भएपछि पनि डिमुवामा हेल्थडेस्क निरन्तर सञ्चालनमा आएको हेल्थडेस्कको तथ्यांक अनुसार लकडाउनयता हजार सय ३० जना प्रवेश गरेका छन यसरी प्रवेश गर्नेहरूमा सवारीसाधन, अत्यावश्यक खाद्यान्न सामग्री, निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनका चालक सहयोगीहरू पनि रहने गरेका छन्

 

राजमार्ग छल्दै भित्री सडकबाट लुकेर आउनेको तथ्यांक कुनै निकायसँग छैन पर्वत, बागलुङ्ग म्याग्दी गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरक्षा प्रमुखहरूको बैठकले आवतजावतमा कडाइ गर्ने निर्णय गरेका छन् तर, प्रशासनको निर्णय भने बेकामे देखिएको जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार मात्रै सूचना जारी गरेर अन्तरपालिका आवतजावत समेत बन्द गर्ने नयाँ मानिस वडामा आएमा अभिलेख राखेर सबैलाई क्वारेन्टाइनमा राख्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार पर्वतमा अहिले १६ जना मात्रै क्वारेण्टाइनमा रहेका छन्

 

लामो समयसम्म लकडाउनले बजारमा थुनिएर बसेकाहरु जिल्ला फर्किन पाउँदा राहतको महसुस गरिरहेका छन् तर, गाउँमै बस्दै आएकाहरू भने आगन्तुकहरुले रोग लिएर आउने सम्भावना रहेकोेले त्रसित हुन थालेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)