Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1439




पर्वत : भूकम्प गएको ५ वर्ष पूरा, पुनर्निर्माणको गति सुस्त
पर्वत : भूकम्प गएको ५ वर्ष पूरा, पुनर्निर्माणको गति सुस्त

बैशाख १२, पर्वत । पर्वतमा भूकम्प पश्चातको पुननिर्माणको आधा काम अधुरै रहेको छ । भूकम्प गएको शुक्रवार पाँच वर्ष पुरा भएको छ । तर, जिल्लामा निजी आवास पुननिर्माणमा भएको प्रगति ५१ प्रतिशत मात्रै रहेको छ ।

 

जिल्ला भर कुल ५ हजार ५ सय १२ वटा घर पूर्ण रुपमा प्रभावित हुने गरी भत्किएको सरकारी तथ्यांक छ । नीजि घरसंगै जिल्लामा १ सय ७५ विद्यालयका ३ सय ६१ वटा कक्षा कोठाहरु समेत भत्किएका थिए । विद्यालय र नीजि घर भत्किएपछि सयौ परिवार विचिल्लीमा परे । मुख्य गरी जिल्लाको कुश्मा नगरपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका अति प्रभावित क्षेत्र हो । भुकम्पले अरु पालिकाहरुमा नीजि घर पनि भत्काएको थियो । सरकारले भत्किएका संरचनाहरुलाई निर्माण गर्ने गरी राष्ट्रि भुकम्प पुर्न्निर्माण प्राधिकरण गरयो ।

 

हालसम्म ५ हजार १० वटा घर पुर्न्निर्माणका लागि पहिलो किस्ता गएको भुकम्प पुर्न्निर्माण कार्यालय पर्वतका प्रमुख कृष्ण गौतमले जानकारी दिनुभयो । ३ हजार ८ सय ७३ परिवारले दोस्रो किस्ता लगेका छन् । यसैगरी भुकम्प पुर्निनर्माणको ३ लाख रुपैंया अनुदान प्राप्त गरी घर निर्माण गर्नेको संख्या पर्वतमा २ हजार ८ सय ४१ रहेको छ । कार्यालयका प्रमुख गौतमका अनुसार पर्वतमा २ हजार ८ सय ४१ वटा घर पुर्निनर्माण भएका छन । यसैगरी आंशिक क्षति तर्फ पर्वत जिल्लामा कुल ६ सय ४१ वटा घरको तथ्यांक कार्यालयसंग छ ।

 

ति मध्ये २ सय ६७ वटा घर परिवारले पहिलो किस्ता लगेका छन । ति परिवारले दोस्रो र तेस्रो किस्ता भने लगेका छैनन । आंशिक क्षति भएकाहरुले १ लाख रुपैंया अनुदान प्राप्त गर्नेछन ।भुकम्प प्राधिकरण गठन भएर प्राविधिक आउनु पूर्व नै निर्माण भएका ५ सय १६ घर मध्ये ३ सय २६ घरले पहिलो किस्ता लगेका छन । पर्वत जिल्लामा झण्डै ५१ प्रतिशत भुकम्प पुर्न्निर्माणको काम सकिएको कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)