Correspondent, ParbatNepal
6 years ago
1230
बैशाख १३,
पर्वत । आज शनिबार पनि देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले
बताएका छन् । पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा
नेपाल आइरहेकाले आजपनि देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले
बताएका हुन् ।
यसकै प्रभावले
अहिले मध्य र पूर्वका केही ठाउँमा पानी परिरहेको र पहाडी क्षेत्रको मौसम बदली भई अरु
ठाउँको मौसम खुल्दै बादल लागिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका
अनुसार आज देशभरी कै मौसम सामान्य बदली भई पश्चिमका केही तथा मध्य र पूर्वका थेरै ठाउँमा
मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना छ । यस्तै आज राती पनि केहि ठाउँमा पानी
पर्ने सम्भावना छ । यसैगरी आइतबार र सोमबार पनि देशका केही ठाउँमा मेघगर्जन, हुरीबतास
र असिनासहित पानी पर्ने महाशाखाले पुर्वानुमान गरेको छ ।
