Correspondent, ParbatNepal
6 years ago
1773
बैशाख १३, पर्वत । पर्वतमा उत्पादित कफि प्रबर्द्धक संस्था माउन्टेन मगले जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको उपचारसेवाको सहजतालाई मध्ये नजर गदै २५ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ । माउन्टेन मगले विश्वव्यापी माहमारीको रोकथाम तथा नियन्त्रणमा टेवा पु¥याउन उद्देश्यले पर्वत जिल्लाको कोरोना अस्पताललाई लागि एक सय थान र अन्य नगर तथा गाउँपालिकामा रहेका स्वास्थ्यचौकीका लागि ५०÷५० पिस सहित २५ सय पिस सर्जिकल मास्क उपलव्ध गराएको हो । उक्त मास्क राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई हस्तान्तरण गर्दै पर्वतमा उपलब्ध गराईदिन सस्थाका निर्देशक सुशील ढकाललाई जिम्मा लगाईएको छ ।
बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै मास्कको संकट परिरहेको अबस्थामा माउन्टेनमगले गरेको यो सहयोगले ठूलो राहत पुर्याएको मोदी गाउँपालिकाका प्रबक्ता बिमल लामिछानेले बताउनुभएको छ । माउन्टेनमग कफी पर्बतका युवा नेता तथा उद्यमी प्रकाश लामिछाने नेतृत्वको सस्थाले नेपालका प्रतिष्ठित होटेल ब्यबसायी समुहको साझेदारीमा सन्चालन गरेको सस्था हो ।
करिब ८० लाख लगानीमा ३ महिना पहिले सुरुवात गरिएको यो कफीले बिश्वस्तरिय प्रशोधन बिधिबाट प्रशोधित कफी भर्खर प्रीओपनिङ्ग गरिएको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा रहेको माउन्टेनमगको आफ्नै कफी सपबाट बिक्रि गरिरहेको थियो। कोरोना सङ्क्रमण अन्त्यलगत्तै काठमाडौ,पोखरा र जापानमा थप आफ्नै कफी सप सन्चालन गरि बिक्रीवितरण गर्ने योजना रहेको जानकारी गराइएको छ । यहाँको कफि नेपाल सहित विदेश सम्म खपत भइरहेको छ ।
