Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1409




लकडाउनका कारण काठमाण्डौँमा अलपत्र परेका पर्वते गृह जिल्ला आए
लकडाउनका कारण काठमाण्डौँमा अलपत्र परेका पर्वते गृह जिल्ला आए

बैशाख १३, पर्वत । काठमाण्डौँमा अलपत्र परेका पर्वतका बासिन्दालाई विभिन्न संघसंस्थाको पहलमा आज रातीको सवारी मार्फत पर्वत ल्याईने भएको छ । काठमाण्डौँको कलंकीबाट वस छुटाउन लागिएको अभियान्ता कृष्णप्रसाद सुबेदीले जानकारी दिनुभएको छ ।

 

लामो लकडाउनका कारण समस्यामा परेका र परिवारीक समस्यामा परेकाहरुलाई बस मार्फत पर्वत ल्याउन लागेको सुबेदीले जानकारी दिनुभयो । उहाँले ६ वटा गाडीमा काठमाण्डौैँमा रहेका २५० जनालाई जिल्ला फर्काइएको बताउनुभएको छ । काठमाण्डौँबाट बसहरु छुटिसकेको सुबेदीले जानकारी दिनुभयो । जिल्ला भित्रिनेहरुलाई अनिवार्य रुपमा क्वारेण्टाईनमा राख्न जिल्ला प्रसासन कार्यालयले भनेको छ । प्रसासनले विज्ञप्ती जारी गदैै पछिल्लो समय जिल्ला भित्रिने बढेको हुनाले उनीहरुको निगरानी गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको छ । तर, स्थानीय तहमा बनेका क्वारेण्टाईनमा सबैलाई राख्न समस्या हुने देखिएको छ ।

 

एकै पटक धेरै मानिसहरु गाउँ फर्किदा उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो । पर्वतको पैयुँ गाउँपालिकाले वाहिरी जिल्लाबाट भित्रिने यात्रु र बसका चालकलाई १४ दिन क्वारेण्टाईनमा राख्ने व्यवस्था मिलाएको अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताउनुभयो । उहाँले सके सम्म जुन जिल्लामा छन् उनीहरुलाई त्यहिँ खानेबस्ने व्यवस्थापन सम्बन्धित जिल्लाका सरकारले गर्नुपर्ने बताउनुभयो । लकडाउन पूर्ण रुपमा सरकारले खुलेको घोषणा नगर्दा सम्म आवातजावत गर्दा जोखिम हुने सरोकारवालाहरु बताउँछन् ।

 

लामो समयसम्म बजारमा थुनिएर बस्दा मजदूर र विद्यार्थीहरु रासन सकिएपछि गाउँ फर्किन चाहेका हुन् । कतिपय परिवारबाट टाढा भएर बस्दा झन समस्या भैरहेको भन्दै गाउँ फर्किरहेका छन् । जनप्रतिनिधीहरु जिल्ला फर्किनेलाई रोक्न नैतिकताले नदिने बताउँछन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)