Correspondent, ParbatNepal
6 years ago
2762
बैशाख १४, पर्वत । विश्वभर फैलिएको कोरोना भाइरस -कोभिड–१९_ का कारण मुलुक संकटग्रस्त अवस्थामा छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्वका विभिन्न देशमा हाल लकडाउन गरिएको छ । विभिन्न उद्योग, करकारखाना, तथा व्यवसाय पूर्ण रुपमा बन्द छन् । नागरिकहरु सहज रुपमा आवातजावत गर्न सक्ने अवस्था पनि छैन । यो समस्या नेपालमा मात्र होईन विदेशका धेरै ठाउँमा देखिन्छ । कोरोना भाइरसको त्रासले विदेशमा रहेका नेपालीहरुको अवस्था दयनिय बन्दै गएका बेला यहाँको एक सामजिक संस्था र सो संस्थाका पदाधिकारी कोरोनाको प्रभाव नै नगरी जनताको सेवामा खटिएको पाईएको छ ।
उक्त संस्था हो यूकेमा स्थापित पर्वतेहरुको साझा संस्था पर्वत वयरफेयर सोसाईटीले यूके । संस्थाका अध्यक्ष हुन् नेत्र आले । लकडाउनका कारण समस्यामा परेका नागरिकहरुको उद्धारमा उक्त संस्था र सो संस्थाका पदाधिकारी निरन्तर लागेका छन् । पर्वत वयरफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेको नेतृत्वमा संस्थाका अन्य पदाधिकारीहरुले यूकेमा वसोवास गदै आएका पर्वते लगायत अन्य जिल्लावाट यूकेमा बस्दैै आएका बृद्धबृद्धा र अशक्तलाई खाद्यान्न पु¥याउने काममा सक्रिय छन् ।
कोरोना भाइरसको संकटग्रस्त अवस्थामा पनि संस्थाका अध्यक्ष नेत्र आले स्वयम् मार्केटको लाईनमा बसेर बृद्धबृद्धा र अशक्तको आवश्यकता अनुसार खाद्यान्न किन्न खट्नु भएको छ । अध्यक्ष आलेले लकडाउनका कारण समस्यामा परेका बृद्धबृद्धा र अशक्त नागरिकहरुको घरघरमा खाद्यान्न पु¥याएको बताए । ‘लकडाउनका कारण बाहिर निस्कने अवस्था छैन । बृद्धबृद्धा तथा अशक्तहरु पनि बाहिर निस्केर हिँड्न गाह्रो छ । त्यसैले हामीले संस्थाको बैठकवाट बृद्धबृद्धा र अशक्तहरुको घरघरमा खाद्यान्न पु¥याउने निर्णय गरेर उक्त सोही अनुसार काम गदै आएका छौँ,’ ।अध्यक्ष आलेले भने ।
अध्यक्ष आलेले संस्थाका अन्य पदाधिकारीलाई लकडाउनका कारण समस्यामा परेका नागरिकको उद्धारमा खटिन निर्देशन समेत दिनुभएको छ । पर्वत वयरफेयर सोसाईटी यूके सामजिक संस्था भएकाले नागरिकको सेवा गर्नु संस्थाको पहिलो दायित्व भएको उनको भनाई छ । साथै उक्त संस्थाले पर्वत जिल्लामा पनि सामजिक एवम् रचनात्मक कार्य गदै आएको छ ।
