Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1792




बागलुङ जैदीका युवाद्धारा पाङराङ बस्तीमा पसेर कुटपिट
बागलुङ जैदीका युवाद्धारा पाङराङ बस्तीमा पसेर कुटपिट

बैशाख १५, पर्वत  लकडाउनको अवज्ञा गर्दै बागलुङको जैदीका युवाहरुले पर्वतको पाङराङ प्रवेश गरि श्रीकाङका आधादर्जन युवाहहरुलाई कुटपिट गरेका छन् । टोल विकास समितिका अध्यक्ष भिम कुवंरका अनुसार दिउँसोको समयमा झोलुङ्गे पुलको तारबार तोडफोड सहित आएका समुहलाई गाउँ प्रवेशमा रोक लगाउन खोज्दा दुई पक्षका बिचमा सामान्य भनाभन हुँदाहुँदै कुटपिट भएको हो ।


सरकारले एक पालिका देखि अर्को पालिका सम्म र एक गाउँ देखि अर्को गाउँमा जान रोक लगाएको छ । सरकारको निर्णय कडीकडाउ गर्दै तारबार लगाएर कालीगण्डकी माथीको पुलको आवातजावत बन्द गरिएको छ । तर जैदीका यूवाहरुले भने पुलको तारबार फालेर पाङराङ आउन चाहेका थिए । उनीहरुलाई नआउन सम्झाउँदा उनीहरु कुटपिटमा उत्रिएको कुँवरले बताउनुभयो ।


गाउँ प्रवेश गरेका युवाहरुले टोल विकास समितिका अध्यक्ष माथि हातपात गरे लगतै उनले गाउँलेहरुलाई खबर गरेका थिए । त्यस लगतै गाउँलेहरुको पहलमा स्थानीय बाच्छा प्रहरी चौकीमा खबर भए पछि युवाहरु भागेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)