Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1269




लकडाउनको अवधिमा डिमुवा नाकाबाट ६ हजार भन्दा बढि यात्रु भित्रिए
लकडाउनको अवधिमा डिमुवा नाकाबाट ६ हजार भन्दा बढि यात्रु भित्रिए

बैशाख २५, पर्वत । पोखरा बागलुङ राजमार्ग हुँदै पर्वत लगाएतका लिल्लाहरुमा मानिसहरु भित्रिने संख्या बढेको छ । पछिल्लो साता यात्रु भित्रिने क्रम बाक्लिएको हो । लकडाउनको अवधिमा ६ हजार भन्दा बढि यात्रु भित्रिएका छन् । पर्वतको मोदी गाउँपालिकाले स्थापना गरेको हेल्प डेस्कले दिएको जानकारी अनुसार लकडाउन शुरु भएको चैत ११ गते देखि आज सम्म ६ हजार ५ सय ४४ जना मानिसहरु प्रबेश गरेका छन् ।

 

डिमुवा नाकामा जिल्ला भित्रिनेहरुको तथ्यांक राख्ने गरिएको छ । डेस्कमा खटिएका मोदी गाउँपालिकाका स्वास्थ्य संयोजक उमेश अधिकारीले पछिल्लो एक साताको अवधिमा एक हजार जना सवारीसाधान मार्फत भित्रिएका छन् । काठमाण्डौ, पोखरा, चितवन, बुटवल लगायतका शहरमा बस्नेहरु लकडाउन लम्बिँदै गएपछि धमाधम घर फर्किन थालेका अधिकारीले बताउनुभयो । जनप्रतिनिधी, साँसदहरु र विभिन्न सामाजिक अभियान्ताहरुले अलपत्र सर्वसाधारणहरुलाई उद्धारको नाममा जिल्ला भित्र्¥याईरहेका छन् ।

 

लामो समयसम्म बजारमा बेखर्ची भई बस्नुपर्दा समस्या भएका नागरिकहरु गाउँ फर्किन पाउँदा खुशी छन् । तर, जिल्लामा भित्रिनेहरु क्वारेन्टाईनमा बस्ने गरेका छन् । नाकामा उनीहरुको ज्वरो परिक्षण गरेर पठाउने गरिएको छ ।

 

गन्तव्यमा जानेहरु बिना रोकतोक सोझै गाउँ फर्किने गरेका छन् । स्थानीय तहलाई गाउँ फर्किनेलाई अनिवार्य क्वारेण्टाईनमा राख्न भनेको छ । तर, स्थानीय तहले उनीहरुलाई क्वारेण्टाईनमा राख्न सकेका छैनन ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)