Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2158




कालीगण्डकीमा बग्दै गरेकी वृद्धालाई मलामीले बचाए
कालीगण्डकीमा बग्दै गरेकी वृद्धालाई मलामीले बचाए

बैशाख १५, पर्वत । कालीगण्डकी नदीमा बगिरहेको अवस्थामा पर्वतकी एक वृद्ध महिलाको उद्धार गरिएको छ। कुस्मा नगरपालिका ३ दुर्लुङ घर भएकी ६५ वर्षीया पदमकुमारी सुवेदीलाई जिल्लाको कुस्मा नगरपालिका ५ मोदीवेणी घाटबाट उद्धार गरिएको हो।

 

ती वृद्धा बग्दै गरेको देखेपछि तत्कालै खोलाबाट तानेर प्रहरीलाई खबर गरिएको उद्धारमा संलग्न युवती मीना कञ्चनले जानकारी दिइन्। ‘हामी मलामी आएका थियौँ, हेर्दाहेर्दै माथिबाट मान्छे बगेर आएको देखियो,’ उनले भनिन्, ‘जसोतसो तानेर ढुंगामा सुताएर तत्कालै प्रहरीलाई खबर गर्दा आमाको ज्यान बच्यो।


जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक विकास थापाका अनुसार ती महिला नदीमा खसेकी हुन् वा आत्महत्याका लागि हाम फालेकी हुन् भन्ने खुलेको छैन।  खोलाबाट उद्धार गरिएकी उनको पेटमा पानी भरिएकाले बोल्न नसक्ने अवस्थामा थिइन्। तर पर्वत अस्पतालमा लगेर उपचारपछि स्वास्थ्य अवस्था सामान्य बनेर अहिले वृद्धाको डिस्चार्ज भइसकेको छ। 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)