Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1298




आगामी केहीदिनसम्म निरन्तर दिउँसो पानी पर्ने
आगामी केहीदिनसम्म निरन्तर दिउँसो पानी पर्ने

बैशाख १५, पर्वत । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म निरन्तर दिउँसो पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार देशमा पश्चिमी र स्थानीय वायुका कारण भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनाले आउने केहिदिन बिहान मौसम सफा रहेपछि दिउँसोपख पानी पर्ने जनाएको छ ।

 

मौसमविद मिनकुमार अर्यालले बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले देशको केही स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको सीआईएनसँग बताउनुभयो । पश्चिमी भूभागका अधिकांश स्थान, मध्य र पूर्वी भूभागका केही स्थानहरुमा  मेघ गर्जन, चट्याङ्ग  र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनपनि उहाँले आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)