Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1793




लकडाउनको अवधीमा समस्या परे सहयोग माग्नुहोला : अध्यक्ष पुरन गिरी
लकडाउनको अवधीमा समस्या परे सहयोग माग्नुहोला : अध्यक्ष पुरन गिरी

बैशाख १६, पर्वत अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले लकडाउनको कारण समस्यामा परेमा फोन गर्न आग्रह गर्नुभएको विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमण फैलिन नदिन अहिले प्रत्येक देशले लकडाउन गरेका कारण प्रवासमा रहेका पर्वतेली दाजुभाई तथा दिदिबहिनीहरुलाई समस्या परेमा सहजीकरण गर्न आफु तयार रहेको बताउनु भएको


अध्यक्ष गिरीले पर्वत नेपाल डट.कम सँग  कुराकानी गदै प्रवासमा रहेका पर्वतेलीहरुलाई कोरोनाको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गदै कुनै समस्या परेमा आफुलाई सम्पर्क गर्न अनुरोध गर्नुभएको हो उहाँले लकडाउनका क्रममा प्रवासमा रहेका पर्वतेलीलाई पर्नसक्ने समस्या समाधानका लागि आफू २४ सै घण्टा तयार रहेको दावी समेत गर्नुभएको

 

अध्यक्ष गिरीले आफूसहित विभिन्न देशमा रहेका अन्तराष्ट्रिय पर्वत समाजका पदाधिकारी सदस्यहरु सँग सम्पर्क गरेर समस्या राख्न आग्रह गर्नुभयो लकडाउनको सिमा बढेसँगै विश्वभरका पर्वतेलीहरुलाई समस्या नआयोस् भन्नेमा अन्तराष्ट्रिय पर्वत समाज सतर्क रहेको बताउँदै समस्या भएको खण्डमा निधक्क संस्थाका पदाधिकारीहरु सँग सम्पर्क गर्न उहाँको आग्रह   साथै उहाँले विभिन्न देशमा रहेका पर्वत समाज सो संस्थाका पदाधिकारी एवम् सदस्यहरु  लकडाउनका कारण समस्यामा परेका पर्वतेलीहरुको सहयोग उद्धारमा लागिरहेको जानकारी समेत दिनुभयो 

 

अहिलेको अवस्थामा सम्वन्धित देशका सरकारले गरेको लकडाउनको निर्णयलाई पूर्ण रुपमा पालना गर्न आग्रह गर्दै आफ्नो स्थानमा नै सुरक्षित ढंगले बस्नु अहिलेको आवश्यकता रहेको गिरीको भनाई साथै उहाँले अहिलेको महामरीको घडिमा सवै जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भएको

 

साथै उहाँले संसारका विभिन्न देशमा रहेका नेपालीहरु आफ्नो देश फर्किन चाहेको अवस्थामा नेपाल सरकारले उचित व्यवस्थापन सहित आफ्नो देश फर्काउने वातावरण बनाउन नेपाल सरकार सँग माग गर्नुभयो

 

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)