Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1222




पर्वतमा नियमित खोप कार्यक्रम पुन: शुरु
पर्वतमा नियमित खोप कार्यक्रम पुन: शुरु

बैशाख १७, पर्वत बालबालिकालाई लगाईने गरेको नियमित खोप कार्यक्र पर्वतका स्थानीय तहमा पुनः सुचारु भएको कोरोना भाईरसको त्रासका कारण रोकिएको खोप लगाउने कार्यक्रम जिल्लाका सबैजसो स्थानीय तहमा शुरु भएको स्वास्थ्य संयोजकहरुले जानकारी दिएका छन्

 

 कुश्मा नगरपालिकाका ग्रामीण क्षेत्रका सबै क्षेत्रमा लकडाउन अघि नै खोप लगाएर सक्किएपनि बजार क्षेत्रमा बाँकि थियो बाँकि रहेका बालबालिकालाई खोप लगाउने अभियान विगत दिन अगाडी देखि पुनः शुरु भएको कुश्मा नगरपालिकाका स्वास्थ्य सह संयोजक यामप्रसाद शर्माले जानकारी दिनुभयो जन्मेदेखि वर्ष भित्रका बालबालिकालाई खोप लगाउने गरिएको

 

मोदी गाउँपालिकाका स्वास्थ्य संयोजक उमेश अधिकारीले बालबालिकालाई विभिन्न रोग लाग्नबाट सुरक्षित बनाउने गरी बनाईएका यस्ता खोपहरु अहिलेको भाइरससँग जुध्नका निम्ति पनि अत्यावश्यक रहेको बताउनुभयो यो खोप विभिन्न ११ प्रकारका रोगका बिरुद्ध लगाईन्छ मोदी गाउँपालिकामा पनि अभियान शुरु भएको अधिकारीले जानकारी दिनुभयो २८० जनाले खोप लगाईसकिएको २० जना गर्भवतीले टिटि खोप लगाउनुभएको पर्वत जिल्लाभर नियमित खोप लगाउने बालबालिकाको संख्या १२ हजार भन्दा बढि

फलेवास नगरपालिकामा पनि खोप कार्यक्रम शुरु भएको स्वास्थ्य संयोजक रुद्रप्रसाद शर्माले जानकारी दिनुभयो पिपिई लगाएर स्वास्स्थ्यकर्मीले खोप लगाउन शुरु गरेको शर्माले बताउनुभयो जिल्लामा १५९ खोप केन्द्रमा नियमित खोप लगाउने गरिएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)