Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1224




देशभरकाे माैसम बदली : मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना
देशभरकाे माैसम बदली : मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना
बैशाख १८, पर्वत । आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्ले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

यसकै प्रभावले अहिले पूर्वको मौसम सामान्य बदली, मध्य क्षेत्रको मौसम आशिंक बदली तथा अरु ठाउँको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरि मौसम सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको हो । यस्तै आज राति देशभरको मौसम सामान्य बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)