Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1251




पर्वतमा लकडाउन उल्लघंन गर्ने ६८ सवारी साधान कारबाहीमा
पर्वतमा लकडाउन उल्लघंन गर्ने ६८ सवारी साधान कारबाहीमा

बैशाख १८, पर्वत लकडाउनको उल्लघंन गरी चलाएका ६८ वटा सवारी साधन कारबाहीमा परेका छन् नियम उल्लघंन गर्ने विना काम घर बाहिर निस्केर सवारी चलाएका सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरिएको प्रहरीले जनाएको


 विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गतेदेखि  लकडाउनको घोषणा गरेको थियो वितेको हप्ताको अवधीमा जिल्लाका विभिन्न स्थानवाट  ६८ वटा सवारी साधान नियन्त्रणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राम वहादुर भट्टले जानकारी दिए नियन्त्रणमा लिएका २२ वटा (साना ठुला) सवारी साधानलाई कारबाही गरिएको भट्टले बताए


पहिलो पटक जान अन्जानमा चलाएका सवारीहरुलाई केहि समय होल्डमा राखि छाडिएको भएपनि पटक पटक जानी जानी लकडाउन उल्लंघन गर्ने सबारी साधनलाई कारवाहिको दायारामा ल्याईएको ट्राफिक प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताए


लकडाउन उल्लंघन गरी सडकमा गुडेका ती सवारीलाई कारबाही गर्दा १२ हजार सय रुपैयाँ राजस्व समेत संकलन भएको यस्तो बिषम परिस्थीतीमा पनि अटेर गरी सवारी चलाउनेहरुलाई सामान्य कारबाही गर्दा यो राजश्व संकलन भएको पौडेलको भनाई


लकडाउन उल्लंघन गर्नेलाई एकैपटक जरिवाना नगरी शुरुमा सम्झाउने बुझाउने गरिएको तर अटेर गररे निस्किए प्रथमपटक ५०० जरिवाना त्यति गर्दा पनि नटेर्ने दोस्रो, तेस्रो पटक उल्लंघन गर्ने भेटिएमा हजार भन्दा बढी जरिवाना गर्ने गरेको सापकोटाले बताए तर, पर्वतमा लकडाउन उल्लंघन हुने क्रम भने अझै रोकिएको छैन


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)