Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1905




अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वत अस्पताललाई डेढ लाखको पिपिई सहयोग
अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वत अस्पताललाई डेढ लाखको पिपिई सहयोग

बैशाख १८, पर्वत अन्तराष्ट्रिय पर्वत समाजले जिल्ला अस्पताल पर्वतलाई व्यक्तिगत सुरक्षात्मक उपकरण -पिपिई_ सहयोग गरेको कोरोना भाइरस -कोभिड१९_ को नियन्त्रण रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई मध्येनजर गरी पिपिई सहयोग गरेको हो समाजले उच्च स्तरको १२ थान मध्यम खालको २० थान गरि  ३२ थान पिपिई सहयोग गरेको


संस्थाले एक लाख पचास हजार बराबरको स्वास्थ्य सामग्री दिने निर्णय अनुसार उक्त स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो कोरोना भाइरसको जोखिमपूर्ण अवस्थामा प्रवासमा आफै कोरोनाको चपेटामा परेको अवस्थामा जन्मभूमिप्रति सानो भएपनि सहयोग गरौँ भन्ने हेतुले पिपिई सामग्री सहयोग गिरीले बताउनु भयो   साथै उहाँले विपदको बेला अन्तराष्ट्रिय पर्वत समाज सँधै जिल्लावासीको साथमा रहेको जिकिर गदै आगामी दिनमा पनि सहयोग गदै जाने बताउनु भयो  


 उक्त स्वास्थ्य सामग्री समाजका संरक्षक गोविन्द सुवेदी समाजका कानुनी सल्लाहकार केशवराज पुरी लगायतको टोलीले जिल्ला अस्पाताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडीलाई हस्तान्तरण गर्नुभएको उक्त सामग्री आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो


कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक सुवेदीले विपत्तिको समयमा गृह जिल्लालाई सहयोग गर्नु जिल्लावासीको कर्तव्य भएको बताउनु भयो   कोरोना संक्रमणको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिई प्रदान गरिएको उहाँको भनाई उहाँले अस्पताल सुरक्षित नभएसम्म बिरामी सुरक्षित नहुने भन्दै चिकित्सक स्वास्थ्यकर्मीको सुरक्षा पहिलो प्राथमिकता भएको बताउनु भयो


अध्यक्ष पहाडीले यो सहयोगले कोरोनाविरुद्ध स्वास्थ्य क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन मद्धत पुग्ने बताउनु भयो   उहाँले प्रवासमा रहेर पनि आफ्नो गृह जिल्लालाई प्रदान गरेको स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमणको उपचारमा सहज हुने विश्वास व्यक्त गर्नुभयो स्वास्थ्यकर्मी अहिलेको महामारीका अग्रपङ्क्तिका सिपाही भएकाले उनीहरुको मनोबल उच्च बनाउने गरी सबैले सहयोग गर्नुपर्नेमा पहाडीले दिनुभयो


कार्यक्रममा संघिय साँसद सुर्य पाठक, कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी, उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराई, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरिक्षक श्यामु अर्याल लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो

कोरोना भाईरस -कोभिड१९_ को आशंका गरिएका बिरामीहरुको उपचारमा चिकित्सक, स्वास्थ्यकर्मीलाई सहयोग पुगोस भन्ने उद्देश्यले ती सामग्री पठाएको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)