Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2110




कुश्मा नगरपालिकाको विपद कोषमा उन्नती लघुवित्तको ५० हजार सहयोग
कुश्मा नगरपालिकाको विपद  कोषमा उन्नती लघुवित्तको ५० हजार सहयोग

पर्वत पर्वतको एक लघुवित्तले कुश्मा नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापनसहयोग गरेको पर्वतको कुश्मा नगरपालिका चुवामा अवस्थित उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडले आज नगरपालिकाको विपद कोषमा ५० हजार रपैयाँ सहयोग गरेको हो उक्त रकम लघुवित्त शाखाका प्रमुख सन्जय पौडेलले नगर प्रमुख रामचन्द्र जोशी उपप्रमुख सिता काफ्ले लामिछानेलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको

 

कोभिड१९ विरुद्ध लड्न नगरपालिकाले गरेको कामको प्रशंसा गदै अभियानमा नगरपालिकालाई सघाउ पु¥याउन रकम सहयोग गरेको लघुवित्तले जनाएको । कार्यक्रममा नगरप्रमुख जोशीले लघुवित्तले प्रदान गरेको रकमले नगरपालिकाले थालेको कोरोना रोकथाम तथा नियन्त्रणको सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो कोरोना रोकथाम नियन्त्रणमा नगरपालिकाले थालेको प्रयास एक्लै सफल नहुँने भन्दै नगर प्रमुख जोशीले आफ्नो दक्ष अनुसार रकम रकम जम्मा गर्न सवैलाई आग्रह गर्नुभयो

 

उपमेयर सिता काफ्ले लामिछनेले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस रोकथाम न्यूनिकरणका लागि नगरपालिकाले स्थानीय जनता सँग हातेमालो गदै अघि बढेको जिकिर गर्नुभयो उहाँले सहयोग गर्ने लघुवित्तलाई धन्यवाद दिँदै अन्य लघुवित्तलाई पनि सहयोग गर्न आह्वान गर्नुभयो

 

कुश्मा नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा ७३ लाख रुपैयाँ जम्मा भएको भने हालसम्मा ६७ लाख रुपैयाँ खर्च भएको जनाईएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)