Correspondent, ParbatNepal
6 years ago
1290
बैशाख २३, पर्वत । जिल्ला प्रसासन कार्यालयले अन्तर जिल्ला पास रोकेको छ । अत्यावश्यक काम परेर पास लिई मानिसहरु ओहोरदोहोर गर्न थालेपछि प्रसासनले अन्तर जिल्ला पास दिन सामेवारबाट रोकेको छ ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले अन्तर जिल्ला पास विशेष परिस्थतीमा मात्रै दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । गृहमन्त्रालयले ईपासको व्यवस्था गरेर केहि अत्यावश्यक सेवालाई पासको व्यवस्था गरेको छ । आकस्मिक रुपमा जानुपर्नेहरुलाई प्रसासनले अन्तरजिल्ला पासको व्यवस्था गर्दै आएको छ ।
विभिन्न वाहनामा ओहोरदोहोर बढेपछि प्रसासनले आजबाट त्यस्तो पास रोक्नुपर्ने बाध्यता आएको प्रजिअ नेपालले बताउनुभयो । विरामी परेर अस्पताल जानुपर्ने, मृत्यु संस्कारका लागि जानुपर्ने लगायत अत्यावश्यक सेवालाई भने प्रसासनले अवस्था हेरेर पास दिने उहाँले बताउनुभयो । यस्तै पछिल्लो समय विभिन्न जिल्लामा डेंगु रोगका विरामी देखिन थालेकोले पर्वतमा पनि सतर्कता अपनाउन थालिएको छ ।
सबैको ध्यान कोरोना तिर हुँदा डेंगुको संक्रमण पनि देखिन थालेपछि प्रसासनले स्थानीय तहलाई नियमित रुपमा डेँगुको बारेमा पनि ख्याल गर्न अनुरोध गर्ने निर्णय गरेको छ । यसै क्रममा भोली देखिएको । मोदी गाउँपालिकाबाट आजवाट अन्तरक्रिया सहित अनुगमन शुरु गर्ने तयारी छ । स्थानीय सरकार, स्वास्थ्य कार्यालय र प्रसासनको टोलीले समूदायमा पुगेर अनुगमन गर्ने भएका छन् ।
