Correspondent, ParbatNepal
6 years ago
1223
बैशाख २४, पर्वत । गैरआवसिय नेपाली संघ -एनआरएनए_ को आईसिसिको ग्लोवल नेपाली डायस्पोरा मेनसिरीम एकीकरण कमिटीको सदस्यमा पर्वतका खड्का वहादुर केसी चयन हुनुभएको छ । गैर आवसिय नेपाली संघ बेल्जियमको मंगलवार बसेको बैठकले केसीलाई ग्लोवल नेपाली डायस्पोरा मेनसिरीम एकीकरण कमिटीको सदस्यमा चयन गरेको हो । केसी एनआरएनए बेल्जियमको उपाध्याक्ष समेत हुनुहुन्छ । विभिन्न सामजिक एवम् राजनितिमा सक्रिय केसी अन्तराष्ट्रिय पर्वत समाज र पर्वत समाज बेल्जियममा सल्लाहकार समेत हुनुहुन्छ ।
पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङमा जन्मिनु भएका केसी हाल परिवार सहित बेल्जियममा बस्दै आउनु भएको छ । उहाँ बेल्जियमका सफल युवा व्यवसाय मध्येमा एक हुनुहुन्छ । सामजिक एव्म बेल्जियमको स्थानीय राजनितिक सक्रिय हुनुहुन्छ ।
सदस्यमा मनोनित केसीले गैरआवसिय नेपालीहरुको मुद्धालाई नयाँ शिराबाट उठाउन आफुले पहलकदमी लिने बताउनु भयो । एनआरएनएलाई गलत ढंगवाट प्रचार गर्नेहरुका विरुद्ध सशक्त प्रतिरोध गर्ने भन्दै उहाँले एनआरएनएको पुजी र सिपलाई राष्ट्र विकास निर्माणमा लगाउनुपर्नेमा जोड दिनुभयो ।
