Correspondent, ParbatNepal
6 years ago
1573
२५, पर्वत । कोरोना भाइरस (कोभिड–१९) वाट श्रीजित परिस्थितीका कारण समस्यामा परेका विपन्न बर्गका परिवारलाई राहात वितरण गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनले दैनिक जिविका चलाउन समस्यामा परेको भन्दै मोदी गाउँपालिका वडा नं १ भुकताङ्गका अति गरिव तथा विपन्न परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको हो ।
हिमाली बाल कल्याण संरक्षण मञ्चको सहयोग र मोदी गाउँपालिकाको समन्वयमा भुकले २ सय ६० परिवारलाई १ पोका चामल, २ केजी दाल, ३ पोका तेल र १ पोका नुन वितरण गरिएको जनाएको छ । अधिकांश विपन्न समुदायका नागरिक दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउने भएकाले लकडाउनका कारण उनीहरुको जिविकोपार्जनमा समस्या भएपछि खाद्यान्न वितरण गरिएको वडाका कार्यवाहक अध्यक्ष भुलवहादुर पौडेलले जानकारी दिनुभयो ।
भुकताङ्ग वडा कार्यालयले दैनिक ज्याला मजदुरी गर्ने नागरिकको तथ्यांक संकलन गरेर राहत वितरण गर्दै आएको छ । यसअघि पनि वडा कार्यालयले वडाका ४५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको थियो । कोरोना भाइरसको कारण लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका स्थानीय समस्यामा पदै आएका थिए । राहात पाएसँगै वडाका ज्यालादारीमा काम गर्ने र अति विपन्न वर्गका व्यक्तिहरुले खुशी व्यक्त गरेका छन् ।
