Correspondent, ParbatNepal
6 years ago
1333
बैशाख २६, पर्वत । राष्ट्रिय युवा संघ पर्बतले फलेबास नगरपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संघले मेडिकल ईन्फरेड फोरहेड थर्ममिटर (थर्मागन) हस्तान्त्रण गरेको छ ।
शुक्रवार फलेबास नगरपालिकाका नगर प्रमख पदमपाणि शर्मालाई युबा संघले ४ थान थर्मामिटर हस्तान्त्रण गरेको हो । नोबेल कोरोना भाईरसको बढ्दो संक्रमणलाई न्यूनिकरण गर्नका लागि सानो भएपनि सहयोग स्बरुप ४ थान र्थमामिटर हस्तान्त्रण गरीएको राष्ट्रिय युवा संघ पर्बतका संयोजक थमनारायण पौडेलले बताउनुभयो ।
उहाँका अनुसार कोरनाको कारण देशभर र्थमामिटर अभाब हुने स्थिती आएको समयमा नगर भित्र रहेका बिभिन्न स्बास्थ संस्थाहरुमा आउने बिरामी बर्गहरुमा यसबाट राहात पुग्ने महशुस गरी हस्तान्तरण गरिएको हो ।थर्ममिटर ग्रहण गर्दै नगर प्रमुख शर्माले यो बिपतको घडीमा राष्ट्रिय युवा संघ पर्बतले देखाएको प्रसंसनीय कार्यको स्बागत गर्नुभयो ।
उहाँले यसबाट नगरका केहि स्बास्थहरुमा भएपनि भाईरलका बिरामी चेकजाचँमा सहज हुने बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रम फलेवास नगरपालिकाका युवासंघका नेता रमा भुषाल, रुपक भट्ट, हिटलर थापा, सुमन लम्साल, आषिश श्रेष्ठ, अनुप श्रेष्ठ ,नविन थापा, र बिनोद सुनार लगायत रहनुभएको थियो ।
