Correspondent, ParbatNepal
6 years ago
1470
२८ बैशाख । यहाँका एक समाजसेवी दम्पतीले बाजुङ हेल्थ पोष्टलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस -कोभिड–१९_ को संक्रमण रोक्न सघाउ पु¥याउने उद्देश्यले मोदी गाउँपालिका–५ को बाजुङ हेल्थ पोष्टलाई ५ थान पीपीई, १ हजार मास्क, हजार थान सर्जिकल पञ्जा सहयोग प्रदान गर्नुभएको हो । पर्वत जिल्लाको साविक बाजुङ गाविसमा जन्मिएर हाल हङकङमा बस्दै आउनु भएका हङकङ निवासी दुर्गावहादुर गुरुङ र उहाँकी धर्मपत्नी गंगाकुमारी गुरुङले हेल्थ पोष्टलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो । उक्त सामग्री मिलन फाउण्डेशन नेपालद्धारा प्रदान गरिएको छ । साथै बाजुङवासीलाई गुरुङ दम्पतीले आवश्यक मास्क र १ हजार भित्तेपात्रो (क्यालेण्डर) समेत प्रदान गरेको जनाएको छ ।
पुरानो घर बाजुङ फलाने गाउँ रहेको हङकङ निवासी दुर्गावहादुर गुरुङ विश्व मिलन समाचार अनलाईनका अध्यक्ष ,मिलन फाउण्डेशन नेपालका संरक्षक र पर्बत मंच हङकङका अध्यक्ष हुनुहुन्छ । उहाँकी धर्मपत्नी गंगाकुमारी गुरुङ मिलन फाउण्डेशनकी अध्यक्ष हुनुहुन्छ । गुरुङ दम्पती परिवार लामो समयदेखी सामजिक कार्यमा निकै सक्रिय हुनुहुन्छ ।
स्वास्थ्य सामग्री प्रदान गरेपछि पर्वत नेपाल डटकम सँग कुराकानी गदै कोरोनाको महामारीले सबैतिर असर पारीरहेको बेला स्वास्थ्यकर्मीहरु पीपीई नपाएर चिन्तीत अवस्थामा रहेको बेला आफ्ना गाउँका स्वास्थ्यकर्मीलाई हौसला स्वरुप पीपीई सहयोग गरेको बताउनु भयो । उहाँले लकडाउन खोले लगत्तै हङकङबाटै ५ थान पीपीई र टोपी पठाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उक्त स्वास्थ्य सामग्री आइतबार एक कार्यक्रमका बीच मिलन फाउण्डेशन नेपालका कार्यबाहक अध्यक्ष देवी गुरुङ र सचिव मदन गुरुङले बाजुङ हेल्थ पोष्ट सानो पाखाका इन्चार्ज गोकुल अधिकारी र पर्बत मोदी गाउँपालिका बाजुङका वडा अध्यक्ष दलबहादुर मल्ललाई संयुक्त रुपमा हस्तातरण गर्नुभएको हो । यस अघि पनि हङकङ निवासी गुरुङ दम्पतीले बाजुङ हेल्थपोस्टलाई ४० हजार बराबरको फोटोकपी मेसिन १ थान ,ह्वील चियर १ थान ,स्ट्रेचर १ थान , डिजिटल ब्लड प्रेसर मेसिन १ थान, तापक्रम नाप्ने गन १ थान , सुगर टेस्टर मेसिन १ थान र १५ सय वटा किड , ईएनटी सामाग्री १ बक्स र एडजस्टिङ बेड १ थान लगायत विभिन्न प्रकारका औषधि तथा स्वास्थ सामाग्रीहरु वितरण गर्दै आइरहनु भएको छ ।
