Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1310




मकैमा फौजी किराको प्रकोप : किसानलाई रोगभन्दा भोकको चिन्ता
मकैमा फौजी किराको प्रकोप : किसानलाई रोगभन्दा भोकको चिन्ता

जेठ १०, पर्वत । पर्वतको जलजला गाउँपालिका स्थित धाईरिङ, नाग्लीवाङ, मल्लाज , विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, वर्राचौर लगायतका क्षेत्रमा फौजी किराले मकैबालीमा क्षती पु¥याएको गोड्ने बेलाका मकैमा किराले आक्रमण गरेर क्षती पु¥याउन थालेको स्थानीय कृषकले जानकारी दिएका छन्


पछिल्लो एक हप्तादेखि मकैखेतीमा किराको आक्रमण बढेको जलजला धाईरिङका नवराज आचार्यले बताउनुभयो उहाँले किराले पात हुँदै आँख्लामा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको जानकारी दिनुभएको उहाँका अनुसार विगत दुई हप्ता देखि मकैमा किराको आक्रमण बढेको हो जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सल्यान गाउँमा देखिएको संक्रमण अहिले बढ्दो क्रममा रहेको बताउनुभयो मल्लका अनुसार कृषि प्राविधिक संग बुझ्दा मकैमा देखिएको संक्रमण फौजी किराको आक्रमण हो


कृषि ज्ञान केन्द्रले स्थलगत रुपमा अनुगमन गरेर मकैमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको ठहर गरेको जानकारी दिएको ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले कृषकको खेतमै पुगेर रोगको पहिचान गरिएको बताएका छन् रेग्मीका अनुसार जलजलामा करिव १५ रोपनी खेतको मकैमा किराको आक्रमण फैलिएको प्रकोप बेलैमा नियन्त्रण गर्न नसके धेरै क्षेत्रमा फैलिने खतरा बिहादी गाउँपालिकामा पनि किराले बालीमा क्षती भएको गुनासो आएकाले प्राविधिक लाई परिक्षणका लागि पठाएको रेग्मीले बताए विहादी गाउँपालिका वडा नम्बर सहित जिल्लाको हजार हेक्टर मकै लगाईएको  क्षेत्रफलमा असर पु¥याएको


स्थानीय कृषक दिपक भूषालले यसको रोकथाम गर्न गाउँपालिका कृषिसम्बध निकायलाई अनुरोध गरेको बताउनुभएको कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार गतवर्ष फलेवास नगरपालिका मुडिकुवामा कृषकले रोपेको बेमौसमी मकै खेतीमा यो रोगको प्रकोप देखिएको थियो गतवर्ष अरु ठाउँमा रोग नदेखिएपनि यसवर्ष भने ठूलो क्षेत्रमा रोग देखिएकाले कृषक संगै कृषि प्राविधिक समेत चिन्तामा परेका छन् ज्ञान केन्द्रका प्रमुख रेग्मीले कृषकहरुलाई रोग नियन्त्रणका लागि आवश्यक घरेलु विधि विषादीको बारेमा जानकारी दिने काम भैरहेको बताउनुभयो  


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)