Author
ParbatNepal
Correspondent, ParbatNepal
6 years ago
1270
आजको मौसमको यस्तो छ विवरण.....
जेठ ११, पर्वत । आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । बंगलादेश र पश्चिम बंगालको बीचमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मध्य र पश्चिमको पहाडी क्षेत्रको एकदुई ठाउँमा फाट्टफुट्ट पानी परे पनि धेरै ठाउँको मौसम सफा हुने देखिएको छ ।
मौसम खुलेसँगै देशभरी कै तापक्रम बढ्ने उहाँले बताउनुभयो । यस्तै अब पश्चिममा वबस्तारै तातो हावा चल्न थाल्ने भएकाले हिँडडुल गर्दा ख्याल गर्न मौसमविद्को सुझाव छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2389
सम्बन्धित समाचार ( मुख्य खबर)
