Correspondent, ParbatNepal
6 years ago
1350
जेठ ११, पर्वत । पर्वत जिल्लामा छिमेकी देश भारतबाट भित्रिएका सबैलाई क्वारेण्टाईनमा राखिएको छ । शनिवार र आईतवार गरि जिल्लामा भित्रिएका २९ जना छन् । भारतबाट फर्किएकाहरुलाई क्वारेण्टाईनमा राखेर स्वाव निकालिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले शनिवार बेलुका र आज बिहान गरि २९ जना भित्रीएका हुन् । उनीहरुको पिसिआर परिक्षणका लागि आइतबार बिहान नै स्वब संकलन गरि परिक्षणका लागि पोखरा पठाईएको छ । भारतबाट आएका उनीहरु सवैलाई कुश्मा स्थित शिवालय मावि र ब्लु एन्जल होटलको क्वारेन्टाइनमा राखिएको छ । यस अघि ५ जना शिवालय माविको क्वारेन्टाइनमा बस्दै आएका उनीहरु मध्ये थप २४ जना हिजो ढिलो गरि मात्रै जिल्ला भित्रिएको बताइन्छ ।
केही पहिले आएका दुई जनाको स्वाब परिक्षणका क्रममा कोरोना संक्रमण नदेखिएपछि क्वारेन्टाईनमा राख्ने गरि सम्बन्धित पालिकामा पठाइएको छ । आइतबार १ जना मात्रै पर्वत भित्रिने छन । उनी पोखरामा रहेको र जलजला गाउँपालिकाको समन्वयमा जिल्ला ल्याउने तयारी छ ।
भारत र तेस्रो मुलुकबाट उनीहरुको परिक्षण पछि रिर्पोट पोजेटिभ आएमा उपचारका लागि पर्वत कोरोना अस्पतालको आइसोलेसनमा राखिने भने, रिर्पोट नेगेटिभ आएमा सम्बन्धित वडाको क्वारेन्टाइनमा बस्नका लागि पठाइएनेछ ।
