Correspondent, ParbatNepal
6 years ago
1322
जेठ ११,
पर्वत । पर्वतमा कोरोना संक्रमित देखिएमा कुश्माको आईसोलेसनमा भर्ना गरि उपचार गर्ने
र नेगेटिभ रिपोर्ट आएमा सम्बन्धित पालिकामा पठाईने भएको छ ।
पछिल्लो
समय भारत लगायत तराईका जिल्लाबाट आउन चाहनेलाई उद्धार गरि ल्याउने र व्यवस्थापन गरिने
भएको छ । तत्काल कुश्मा स्थित होटलहरुलाई पनि क्वारेण्टाईनको रुपमा प्रयोग गरिने भएको
छ । सबै खर्च स्थानीय तहले व्यहोर्ने भएका छन् । आज बसेको कमाण्ड पोष्ट सहित जिल्लाका
स्थानीय तहका प्रमुखहरुको बैठकमा यस्तो सहमती भएको हो । कुश्मा नगरपालिकाका नगरप्रमुख
रामचन्द्र जोशीले भारत लगायत देशका अन्य जिल्लाबाट आउनेलाई एकद्धार विधिबाट भित्राउने
र कुश्मामा क्वारेण्टाईनमा राखेर परिक्षण गरेपछि मात्रै सम्बन्धित पालिकामा पठाउने
निर्णय भएको जानकारी दिनुभयो ।
कुश्मामा
सबै पालिकाका एक एक वटा सवारीसाधान तयारी अवस्थामा रहने भएका छन् । ति सवारीसाधानहरुले
आफ्ना नागरिकलाई गाउँ सम्म लैजाने छन् । सम्बन्धित पालिकाले बनाएका क्वारेण्टाईनमा
उनीहरुलाई राखिने भएको छ । जिल्ला कमाण्डपोष्टको बैठकमा नाकाहरुबाट कसैलाई लुकिछिपी
छिर्न नदिन बिशेष कडाई गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले निर्देशन
दिनुभएको छ ।
कोहि लुकिछिपी आएमा खबर गर्न पनि सर्वसाधारणहरुलाई अनुरोध गरिएको छ । केहि दिन भारत र वाहिरी जिल्लाबाट आउनेहरु बढ्ने भएका छन् । रोकथाम गर्न नसके भयावह स्थिती हुने भएकाले सबैलाई सचेत हुन अनुरोध गरिएको छ ।
