Correspondent, ParbatNepal
6 years ago
1436
जेठ १४, पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एव्म स्थानीय तह समन्वय विभागका संयोजक अर्जुनप्रसाद जोशीले कोरोना संक्रमणको जोखिम बढेकाले पर्वतमा उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ । भारतबाट पर्वत आउने व्यक्तिहरुको संख्या बढ्न सक्ने तर्फ संकेत गदै नेता जोशीले पर्वतका सबै नाकामा कोरोना भाइरस संक्रमण परीक्षण गराएर मात्र जिल्ला भित्राउनु पर्ने अपील गर्नुभएको छ ।
सामजिक संजाल फेसबुकमा स्टाट्स पोष्ट गदै नेता जोशीले जिल्लामा भारतबाट भित्रिने क्रम शुरु भएकाले बिना परिक्षण ल्याउँदा एक जना संक्रमित भए अन्य व्यक्तिमा पनि संक्रमण देखिन सक्ने सम्भावना भएकाले जिल्ला कमाण्ड पोस्ट, नगर तथा गाउँपालिका प्रमुखहरु सँग यस्तो अपील गर्नुभएको हो । उहाँले परीक्षण गराई आएकालाई अनिवार्य कम्तिमा १४ दिन क्वारीन्टिनमा राख्नुपर्ने बताउनु भएको छ ।
जिल्लामा अन्य स्थानवाट आएकालाई अनिवार्य रुपमा क्वारीन्टिनमा राख्ने र पिसिआर परीक्षण गर्ने, नेगेटिभ भए १४ दिन क्वारीन्टिनमा राखेर सम्बन्धित नगर वा गाउँपालिकालाई जिम्मा दिने, पोजिटिभ देखिएमा आइसोलेशनमा राख्नुपर्ने उहाँको सुझाव छ । क्वारीन्टिन नै कोरोना संक्रमण स्थल नबनोस् भन्नका लागि अनिबार्य मापदन्ड अनुसार हुनु उहाँको भनाई छ । साथै क्वारीन्टिनको सुरक्षा राम्रो हुनु पर्ने उहाँको माग छ । ‘क्वारीन्टिनमा रहेका कोही संक्रमित रहेछ भने भागेर वा वरपर निस्कने स्थिति नरहोस, जुन अन्यत्र देखिएको छ ।’
नेता जोशीले काम बिना चल्ने सरकारी र अन्य गाडीको प्रयोग नियन्त्रण गर्ने र जरुरी काम बिना बाहिर ननिस्कन कडाइ गर्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो,‘कोरोना भाईरस (कोभिड–१९)लाई सामुहिक र समन्वयात्मक अभियानले मात्रै पराजित गर्न सकिने भएकाले एक अर्कालाई जिम्बेवारी पन्छाएर एक्ला एक्लै अगाडि बढ्न खोज्दा परिणाम उल्टो आउन सक्ने भएकाले जिम्बेवारीमा रहनुभएका ब्यक्तिहरु गम्भीर बनौं ।,’
कोरोनाको जोखिम पर्वतमा पनि रहेकाले सरकारले जारी गरेको लकडाउनको पूर्ण पालन गर्न जिल्लाबासी आमाबुवा दिदिबैनी दाजुभाईहरुमा अनुरोध गर्नुभएको छ । अनआवश्यक घर बाहिरा ननिस्कन आग्रह गदै जोशीले घरभित्र रहनु नै अहिलेलाई सुरक्षित हुने सबोत्तम उपाय भएको जिकिर गर्नुभयो । उहाँले मेलापात निस्कन परे पनि सामजिक दुरी कायम गर्न आग्रह गर्नुभएको छ ।
साथै उहाँले कोरोना रोकथाम,उपचार र सुचनाको लागि अग्रमोर्चामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रशासन तथा पत्रकारहरुलाई धन्यवाद दिँदै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सबै एकजुट भएर सामाना पर्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘कोरोनाको महामारीमा जिम्बेवार बनौं ! आफु बचौं !अरुलाई बचाउं !’
