Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1371




जातीय छुवाछूत अन्त्य गर्न तत्पर भएर लागौं – अध्यक्ष तिमिल्सिना
जातीय छुवाछूत अन्त्य गर्न तत्पर भएर लागौं – अध्यक्ष तिमिल्सिना

जेठ १६, पर्वत जेठ १५ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै प्रकारका जातीय छुवाछूतको व्यवहारिक रुपमा अन्त्य गर्न सबै तत्पर भई लाग्न जरुरी रहेको बताएका छन् गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले

नेपाली समाजमा सदिऔदेखि रहँदै आएको जातीय छुवाछूतलाई संविधान तथा कानूनले दण्डनीय बनाए पनि जातीय छुवाछूतका घटनाहरु घटिरहेको बताएका छन्

 

त्यस्तै उनले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा देश अगाडि बढिहरेको बेलामा कोरोना भाइरसले समस्या सिर्जना गरेको बताएका छन् यसले मानव स्वास्थ्यमा मात्र नभई विश्वकै सामाजिक तथा आर्थिक गतिविधि ठप्पप्राय बनेको भन्दै भनेका छन्, नेपालको पनि सामाजिक तथा आर्थिक गतिविधिमा संकुचन आउँदा गरिबी तथा बेरोजगारी बढ्ने देखिन्छ। यी विभिन्न चुनौतिको अन्त्य गर्दै वर्तमान सरकारले समृद्ध नेपालको अभियान पूरा गर्ने विश्वास लिएको छु।

नेपालको संविधानले मौलिक हकमार्फत सुनिश्चित गरेका जनताका आधारभूत आवश्यकता गास, बास, कपास, स्वास्थ्य, शिक्षालगायतमा सबै जनताको पहुँच हुने पनि उनले विश्वास व्यक्त गरेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)