Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1638




धौलागिरी लघुवित्त वित्तीय संस्थाद्धारा प्रकोप व्यवस्थापन विकास कोषमा सहयोग
धौलागिरी लघुवित्त वित्तीय संस्थाद्धारा प्रकोप व्यवस्थापन विकास कोषमा सहयोग

जेठ १६, पर्वत कुश्मा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन विकास कोषमा पर्वतको एक लघुवित्त संस्थाले सहयोग गरेको


धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुश्मा शाखाले प्रकोप व्यवस्थापन विकास कोषमा १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो उक्त रकम बराबरको चेक आज शाखाकी प्रमुख इन्दु परियारले कुश्मा नगरपालिका नगरप्रमुख रामचन्द्र जोशी उपप्रमुख सिताकाफ्ले लामिछानेलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो


कोभिड१९ बिरुद्ध लड्न नगरपालिकाले स्थापना गरेको कोषमा सघाउ पु¥याउने उद्देश्यले रकम सहयोग गरेको परियारले बताउनु भयो लघुवित्तले शाखा स्थापना गरेको सय वटा पालिकामा १० हजार रुपैयाँका दरले रकम सहयोग गरेको जनाएको यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचार तथा लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहात वितरणमा सहयोग पुग्ने अपेक्षा लिईएको  


नगरप्रमुख जोशीले लघुवित्तले प्रदान गरेको रकमले नगरपालिकाले थालेको कोरोना रोकथाम तथा नियन्त्रणको सहयोग पुग्ने धारण व्यक्त गर्नुभयो उपमेयर लामिछनेले सहयोग गर्ने लघुवित्तलाई धन्यवाद दिँदै अन्य लघुवित्तलाई पनि सहयोग गर्न आह्वान गर्नुभयो


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)