Correspondent, ParbatNepal
6 years ago
1345
जेठ २०, पर्वत । पर्वतमा कोरोना संक्रमण नदेखिएका यूवाहरु स्थानीय तहको क्वारेण्टाईनमा बस्ने गरि कुश्माबाट बिदाई भएका छन् । कुश्माको बन्दना होटल, व्लु एञ्जल होटल र शिवालय माविको क्वारेण्टाईनमा रहेकाहरु थप १४ दिन निगरानीमा बस्ने सर्तका साथ गाउँ फर्किएका हुन् ।
भारतबाट विगत ४/५ दिन अगाडी फर्किएका ३२ जना कुश्माबाट गाउँ तर्फ लागेको जनाईएको छ । गाउँ फर्किनेहरुमा बिहादी गाउँपालिकाका ११, फलेवास नगरपालिकाका ८, कुश्मा नगरपालिकाका ६ जना, पैयुँ गाउँपालिकाका ३, महाशिला गाउँपालिकाका ३ र मोदी गाउँपालिकाका १ जना रहेका छन् । कोरोना संक्रमण देखिएका ५ जना सहित उनीहरु संग एउटै कोठामा बस्दै आएका २ जना गरि ७ जना गुप्तेश्वर क्याम्पसमा बनेको अस्थाई कोरोना अस्पतालको आईसोलेसनमा बस्ने गरि भर्ना भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएका महाशिला गाउँपालिका ३ वालाकोटका ३ जना र फलेवास नगरपालिका १० कुर्घाका २ जना सहित उनीहरु संगै बस्दै आएका दुई जनालाई आइसोलेसनमा पठाईएको हो । एउटै कोठामा बस्नेहरुको कोरोना परिक्षण गर्दा उनीहरुमा कोरोना नेगेटिभ देखिएको थियो ।
तर, संगै बस्दा संक्रमण हुनसक्ने भएकाले निगरानीका लागि २ जना लाई पनि आईसोलेसनमा राख्नुपरेको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । संक्रमित संगै अस्पतालमा बस्ने एक जना महाशिलाका र एक जना कुश्मा नगरपालिका १२ ठुलीपोखरीका रहेको देवकोटाले जानकारी दिनुभयो ।
