Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1265




पर्वतमा आज ४२ जनाको स्वाब संकलन, यो सँगै १२४ जनाको रिपोर्ट आउन बाँकी
पर्वतमा आज  ४२ जनाको स्वाब संकलन, यो सँगै १२४ जनाको रिपोर्ट आउन बाँकी

जेठ २५, पर्वत ।  भारतका विभिन्न ठाउँबाट रोजगारीको शिलशिलामा पुगेका नेपालीहरु आउने क्रम जारी छ । पर्वतमा आज सुनौली नाका हुँदै २५ जना नागरिक भित्रिएका छन् । उनीहरुलाई शिवालय माविको क्वारेन्टाइनमा राखिएको छ । यसैबिच कोरोना परिक्षणका लागि पर्वतमा आज आइतवार थप ४२ जनाको स्वाब संकलन गरिएको छ । पर्वत जिल्ला अस्पतालका निमिक्त प्रमुख डाक्टर शिशिर देवकोटाका अनुसार भारतबाट फर्केकाहरु सहित कुल ४२ जनाको आइतबार स्वाब संकलन गरिएको हो । भारतबाट फर्केकाहरु पर्वतको कुश्मा स्थित क्वारेन्टाइनमा झण्डै १ सय ५० को संख्यामा मानिसहरु बसिरहेका छन् ।

 

ति मध्ये शुक्रबार ८२ जनाको स्वाब संकलन गरिएको थियो । शुक्रबार स्वाब संकलन गरिएका केहिको भोली सोमवारसम्ममा रिर्पोट आउने देबकोटाले बताउनुभयो । पर्बतमा कुल १ सय २४ जनाको स्वाब संकलन भएको छ । संकलन भएको स्वाब परिक्षणका लागि पोखरा स्थित प्रयोशलामा पठाइएको छ । उनीहरु मध्ये १ सय २४ जनाकै रिर्पोट आउन बाँकी रहेको छ । यस अघि ९ जना संक्रमणीत पुष्टि भएपछि उनीहरुलाई कुश्मा स्थित कोरोना अस्पतालमा भर्ना गरी गरिएको छ । भर्ना भएका सवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)