Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1318




पर्वतमा पहिरोमा पुरिएका ८ को शव फेला, एक जना अझै भेटिएनन्‌
पर्वतमा पहिरोमा पुरिएका ८ को शव फेला, एक जना अझै भेटिएनन्‌

जेठ ३२, पर्वत ।  पर्वतको कुश्मा नगरपालिका तीन दुर्लुङमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परेको छ । दिनभरि खोज्दा पनि एक जनाको अवस्था पत्ता लागेन । शनिवार राती आठ बजे भीषण वर्षा संगै आएको पहिरोमा पुरिएको दुई घरका नौ जना मध्ये ५८ वर्षका तुलवहादुर थापा, ५७ वर्षका मीनाकुमारी थापा, ३४ वर्षका दिर्पा थापा, १४ वर्षका विवेक थापा,  चार वर्षका विविसा थापा र ११ वर्षका सम्राट थापाको शव फेला परेको छ । 

त्यस्तै ३० वर्षका कमला विक र कमलाका छोरी आठ वर्षका प्रमिसा विकको पनि शव भेटिएको छ । पहिरोमा पुरिएर बेपत्ता भएका कमला विकका १२ वर्षका छोरा जेनिस विकको भने अवस्था पत्ता नलागेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । जेनिस पहिरोमै पुरिएको स्थानीयले जानकारी दिएका छन् । 

पहिरोमा बेपत्ता भएका तीन जनाको शनिवार बेलुका नै शव फेला परेको थियो भन आईतवार विहानबाट बाट खोजी गर्दै जाँदा थप ५ जनाको शव फेला परेको रेग्मीले बताए । घर भन्दा एक किलोमिटर माथिवाट आएको लेदो पहिरोले दुई घर पुर्नुका साथै पाँच वटा घरमा क्षती पु¥याएको छ । पहिरोले करिव २० घर जोखिममा रहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)