Correspondent, ParbatNepal
5 years ago
1185
१३ असार, पर्वत । पर्वतमा दुर्लभ किङ कोब्रा अर्थात राजगोमन (काली नाग) भेटिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको छ । बुधवार कटुबाचौपारीका स्थानीयहरुले उक्त सर्प भेटेपछि सर्प संरक्षक तथा सर्प बिषेशज्ञको टिमलाई खबर गरेका थिए । स्थानीयको खबर पश्चात आएको बिषेशज्ञको टोलीले उक्त सर्प पोथी कालीनाग भएको पुष्टि गरेका छन् ।
पोथी
कालीनागले अहिले बच्चा जन्माउनका लागि फुल सेकेर बसेको अवस्था रहेको सर्प संरक्षक ऋषि
बरालले बताउनुभयो । बरालका अनुसार उक्त सर्प पोथि कालीनाग भएको र अहिले त्यसलाई जुन
ठाउँमा छ त्यहिँ ठाउँमा संरक्षण गरेर राख्नुपर्ने बताउनुभयो । फुल पारी सकेर बच्चा
कोरल्नका लागि अहिले सेकेर बसेको कारण अहिले अन्यत्र स्थानान्तरण गर्न नहुने भन्दै
कालीनागलाई त्यहि संरक्षण गरी राख्न थालिएको बताउनुभयो ।
यो
सर्प संसारकै विषालु हुने हुदाँ बच्चा जन्माउनको लागि फुल सेकेर बसेको कारण पनि अहिले
त्यसलाई अन्यत्र लान नहुने उहाँको सुझाब छ । उहाँले सोहि स्थानमा तारबेर लगाएर राख्ने
र पछि बच्चा कोरलिसकेपछि मात्रै त्यसलाई संरक्षण क्षेत्रमा लगेर छोडिने बताउनुभयो ।
संरक्षण सुचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु यो राजगोमन अर्थात् पोथी
कालीनागले समेत चिनिने यो किङ कोब्रा ११ फिट लम्बाइ तथा साढे ९ किलोग्राम तौलको रहेको
छ ।
तराई
क्षेत्रमा पाइने सो प्रजातिको सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने
सर्प संरक्षक बरालले बताउनुभयो । साना र सामान्य खालका सर्प मात्र देखिने गरेको यस
क्षेत्रमा ठूलो प्रजातिको सर्प घरआसपास देखिए पछि स्थानीयवासी त्रसित बनेका छन् ।
यस अघि पनि पर्बतको कुश्मा नगरपालिका १० पिपलटारी र वडा नंं। १२ ठुलीपोखरीमा किङ कोब्रा भेटिएको थियो । उक्तm किङकोब्रालाई सर्प संरक्षकहरुले नियन्त्रणमा लिई बस्तीभन्दा टाढाको पर्बतकै घना जङगलमा छोडिदिएका थिए ।
