Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1773




अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका स्थानीय तहका स्वास्थ्य चौकीलाई सामाग्री स्वास्थ्य हस्तान्तरण
अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका स्थानीय तहका स्वास्थ्य चौकीलाई सामाग्री स्वास्थ्य हस्तान्तरण

पर्वत अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाका सबै स्थानीय तहलाई शनिवार स्वास्थ्य सामग्री वितरण गरेको पर्वतमा जन्मिएर संसारभर छरिएर रहेका पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाका सात स्थानीय तहका स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो कोरोना भाइरस (कोभिड१९) कोे जोखिम न्यूनीकरणका लागि सहयोग पु¥याउने उद्देश्यले जिल्लाका दुई नगरपालिका पाँच गाउँपालिकाका स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो समाजको बैठकलेएक स्थानीय तहएक स्वास्थ्य चौकीभन्ने नाराका साथ जिल्लाका सात वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गर्ने निर्णय बमोजिम स्वास्थ्य सामग्री खरिद गरेको अध्यक्ष गिरीको भनाई

उक्त सामग्री आज सदरमुकाम कुश्मा बजारमा एक कार्यक्रमको आयोजना गरि समाजका सल्लाहकार एवम् एनआरएनका आईसिसि सदस्य अर्जुनकुमार श्रेष्ठ कानुनी सल्लाहकार केशवराज पुरीको उपस्थितीमा सम्बन्धित स्वास्थ्य चौकीका प्रतिनिधीलाई सामाग्री हस्तान्तरण गरिएको

अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार इन्द्र शर्माको सक्रियता समन्वयमा महाशिला गाउँपालिका मा अवस्थित लुन्खु देउराली प्राथमिक उपचार केन्द्र केन्द्रलाई पीपीई सेट (एक्स्ट्रा एक थान गोल्बस मास्क एक), सेनिटाईजर थान, थर्मन गन थान, मास्क सय थान, गोल्बस मास्क सय थान, हेड कभर क्याप सय थान, सेनिटाईजर लिटर बोत्तल,डिसइन्फेक्सन झोल लिटर, स्पे्र मेशिन थान के नाईन्टि फाईभ मास्क १५ थान सहयोग गरिएको त्यस्तै समाजका सहकोषाध्याक्ष किरण पुनको सक्रियता समन्वयमा जलजला गाउँपालिका सालिजा स्वास्थ्य चौकी  मोदी गाउँपालिका क्याङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको   समाजका उपाध्याक्ष गोविन्द पौडेल सदस्यद्धय दिनेशराज रेग्मी बाबुराम शर्माको सक्रियता समन्वयमा कुश्मा नगरपालिका खुर्कोट स्वास्थ्य चौकीमा, नेपाल प्रतिनिधी मुना भुषालको सक्रियतामा बिहादी गाउँपालिकामा अवस्थित बाच्छा स्वास्थ्य चौकीमा समाजका सचिवद्धय शेषराज तिमिल्सीना प्रकाश पौडेलको सक्रियतामा फलेवास नगरपालिका लिमिठाना स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो उनीहरुलाई क्रमश पीपीई सेट (एक्स्ट्रा एक थान गोल्बस मास्क एक), सेनिटाइजर थान, थर्मल गन थान, मास्क सय थान, गोल्बस मास्क सय थान, हेड कभर क्याप सय थान, सेनिटाइजर लिटर ( बोत्तल)डिसइन्फेक्सन झोल लिटर, स्प्रे मेसिन थान के नाईन्टि फाईभ मास्क १५ थान सहयोग गरिएको हो यस अघि अन्तराष्ट्रिय पर्वतमा समाजले सदस्य एव्म पर्वत वयफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेको सक्रियता समन्वयमा हुवास स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरिसकेको भने समाजले जिल्ला अस्पताल पर्वतलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको थियो

स्वास्थ्य सामग्री हस्तान्तरण गदै अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार एवम् समाजसेवी अर्जुनकुमार श्रेष्ठले कोभिड१९ को जोखिम न्यूनीकरणका लागि सबैको हातेमालो आवश्यक रहेकाले समाजले स्वास्थ्य सामग्री वितरण गरेको बताउनु भयो उहाँले जिल्लाका सवै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण असामर्थ रहेकाले भन्दै आगामी दिनमा सबै स्वास्थ्य चौकीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो   श्रेष्ठले नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै प्रवासमा रहेका पर्वतेलीहरुले यसको न्यूनिकरणका लागि काम गदै आएको जिकिर गर्नुभयो उहाँले अन्तराष्ट्रिय पर्वत समाज विशुद्ध गैरराजनितिक संस्था भएकाले जिल्लाको हरेक विकास समृद्धिमा काम गदै आएको भावी दिनमा पनि निरन्तरता दिँदै जाने दावी गर्नुभयो

उक्त कार्यक्रममा  समाजसेवी सुन्दर जोशी लगायतले बोल्नु भएको थियो कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्लरामकृष्ण’, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, कुश्मा नगरपालिका खुर्कोटका वडा अध्यक्ष यदुनाथ बास्तोला, मोदी गाउँपालिका देउपुरका अध्यक्ष विकास तिमिल्सीना, सामजिक व्यक्तित्व अशोक उचै ठकुरी, शेषराज रेग्मी, डाक्टर चुडामणि शर्मा, कुलप्रसाद उपाध्याय लगायत पालिकाका सम्बन्धित स्वास्थ्य कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो उक्त कार्यक्रमको संचालन समाजका कानुनी सल्लाहकार केशवराज पुरीले संचालन गर्नुभएको थियो

त्यस्तै पर्वत नेपाल सँग कुराकानी गदै नेपाल प्रतिनिधी मुना भुषालले हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीले कोभिड१९  को जोखिम न्यूनीकरणका लागि सहयोग पुग्रे बताउनु भयो उहाँले जिल्लामा कोरोना भाइरसको संत्रास फैलिएरको अवस्थामा अन्तराष्ट्रिय पर्वत समाजले यसको न्यूनीकरणका लागि काम गदै आएको जिकिर गर्नुभयो साथै कोरोना भाइरसका संक्रमित बृद्धि हुने क्रम बढेकाले आगामी दिनमा थप सङकटपूर्ण हुने हुँदा सबैले सतर्कता अप्नाउनुपर्नेमा भुषालले जोड दिनुभयो

अन्तराष्ट्रिय पर्वत समाजले स्वास्थ्य सामग्री खरिदका लागि काठमाडौँ देखी कुश्मासम्म पु¥याउने सम्पूर्ण व्यवस्थापन गर्नुहुने नेपाल प्रतिनिधी सामान कहाँ राख्ने, कसरी कहिले हस्तान्तरण गर्ने विषयमा समाजका संकरक्षक एवम् उच्चस्तरिय समितिका सदस्य सुभाष जोशी, सामग्री हस्तानतरण गर्न भूमिका खेल्ने समाजका सल्लाहकार एवम् समाजसेवी अर्जुनकुमार श्रेष्ठ कानुनी सल्लाहकार केशवराज पुरी, कार्यक्रमका लागि निशुल्क हल उपलव्ध गराउनु भएकोमा बन्जु होटल संचालनका प्रवन्धक विषमकुमार श्रेष्ठ लगायत उपस्थित जनप्रतिनिधी, राजनितिकर्मी, स्वास्थ्यकर्मी, समाजसेवी, बौद्धिक व्यक्तित्व पत्रकार सम्पूर्णमा धन्यवाद ज्ञापन गदै आगामी दिनमा थप सहयोगको गरिदिनुहुन अनुरोध गरेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)