Correspondent, ParbatNepal
5 years ago
3122
दाईजो प्रथालाई चूनौति दिँदै पोखरामा एक जोडीले प्रगतिशिल बिवाह गरेका छन् ।सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध पर्वत फलेबास नगरपालिका १ कार्कीनेटाका शेषकान्त शर्मा र कुश्मा नगरपालिका चुवाकी आरती पोखरेलले शुक्रबार प्रगतिशित विवाह गरेका हुन् । उनी फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माका भाई हुन् ।
समाजमा बिद्यमान कायम रहेको दाइजो प्रथाको अन्त्यका लागि शकारात्मक सन्देश दिनका लागि आपूmहरुले प्रगतिशिल विवाह गरेको बरबधुले बताए । जनवादी विवाह समारोहका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री आनन्द पोखरेलले प्रगतिशिल विवाहले समाजमा सकारात्क सन्देश दिएको बताए । उनले समाजमा शिक्षा र चेतनाको स्तर बृद्धी भएपनि पुरातन र परम्परावादी सोच कायम रहेका कारण देखाउनका लागि भएपनि भड्किलो विवाह हुदै आएको बताए।
नेता पोखरेलले बरबधुले एकअर्काको भावनाको कदर र सम्मान गर्ने भएकाले प्रगतिशिल विवाह सफल हुने दाबी गरे । ‘यो विवाहमा बरबधुले एकअर्कालाइ सम्मान गर्ने भएकाले दाम्पत्य जीवन शुशी हुन्छ’ उनले भने ।‘प्रगतिशिल विवाहमा नेताकार्यकर्ता र अभिभाबकको रोहोवरमा दाइजो रहित गरिने हुदा आर्थिक बोझ हुदैन।’
नेकपा पर्वतका अध्यक्ष एवं संघिय सांसद पदम गिरीले मुलुकमा राजनैतिक परिवर्तन भएपनि सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन आबस्यक रहेको बताए। उनले कम्युनिष्ट पार्टीहरुले आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन गराउनका लागि धेरै पहिले देखिनै प्रगतिशिल विवाहलाई प्राथमिकता दिदै आएको बताए। ‘दाइजोप्रथालाई यस किसिमको विवाहले चुनौति दिएको छ’ उनले भने । ‘समाजमा ब्याप्त दाइजोप्रथालाई बिरुद्ध समाजमा सकारात्मक सन्देश प्रबाह गर्ने छ।’
कार्यक्रमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, भौतिक योजना तथा पुर्वाधार मन्त्री रामशरण बस्नेत, उद्योग, वन तथा पर्यटन मन्त्री बिकास लम्साल, नेकपा जिल्ला कार्यसमिति कास्कीका सदस्य दामोदर बैरागी,नेकपा पर्वतका सचिब सुदीप कुँबर, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा र नेकपा पर्वतका संस्थापक नेता गणेश शर्मा पौडेले लगायतले शुभकामना मन्तब्य राखेका थिए।
प्रगतिशिल विवाह समारोहमा वर बधुका मातापिता सहित परिवारका सदस्य, नेता तथा कार्यकर्तासहित अन्य व्याक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश कमिटीका सदस्य मेघनाथ सुबेदीले गरेका थिए।
