Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1391




पर्वत : बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
पर्वत : बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

पर्वत  १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बर्दियाका एक युवा पर्वतमा पक्राउ परेका छन् बालिकालाई विवाह गर्ने भन्दै प्रलोभनमा पारेर जबजस्ती करणी गरेको आरोपमा बर्दिया जिल्ला गुलरिया नगरपालिका पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो

बालिकालाई आरोपित खड्काले गत असार १५ गते पर्वत जिल्ला कुश्मा नगरपालिका कुश्मा बजारको एक होटलमा बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले असार १६ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिनुभएको थियो घटनाको जानकारी पाए लगत्तै गिरफ्तार गरिएको पीडितपक्षको उजुरीका आधारमा कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले बताउनुभयो

असार १२ गतेदेखि घरबाट निस्किएर सम्पर्कविहिन भएकी बालिकालाई आफन्तहरुको सुचनाको आधारमा सोधखोज गर्दा घटनाक्रम पत्त लागेर प्रहरीलाई खबर गरेको उजुरी पश्चात् प्रहरीले नियन्त्रणमा लिएको पिडित बालिकाकी आमाले बताउनुभयो
प्रहरी निरिक्षक सुवेदीका अनुसार आरोपितलाई सरकारी वकिल कार्यालय पर्वत मार्फत जबर्जस्ती करणी मुद्धामा पर्वत जिल्ला अदालतबाट अनुसन्धानका लागि दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)