Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1187
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि
पर्वत । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ६ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।
नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्तापूर्बका २ महिला सहित ७ जना, तनहुँका १ जना, बाग्लुङका २ जना, म्याग्दीका ३ जना, कास्कीका २ जना र स्याङ्जाका १ जना रहेका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित एक हजार ७९ मध्ये २ सय ९६ जना निको भएर घर फर्किएका छन् । आज विहान गोरखाका ४४ वर्षका पुरुषको ज्यान गएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । तर स्वास्थ्य मन्त्रालयले ती पुरुषको निधनबारे पुष्टि गरिसकेको छैन ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2389
सम्बन्धित समाचार ( मुख्य खबर)
