Correspondent, ParbatNepal
5 years ago
1215
पर्वत । भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले बाढीपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महासाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले भोलि रातीदेखि मनसुन थप सक्रिय भइ बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । मनसुन सक्रिय भएसँगै देशका धेरैजसो ठाउँमा लगातार पानी पर्नुका साथै तराई र पहाडका केही भूभागमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो ।
तराईका
भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने
तथा ढल पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान
महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै बाढी पूर्वानुमान महाशाखाले
प्रदेश १ र २ का तराईका भूभागमा बाढीको जोखिम बढी हुने जनाएको छ । ती क्षेत्रमा पूर्वतयारीमा
जुट्न सबैमा आग्रह गरिएको छ ।
यसैबीच
आज पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले
जनाएको छ । विशेषगरी आज दिउँसो प्रदेश २, ५ र सुदूरपश्चिम प्रदेशमा मेग गर्जनसहित हल्कादेखि
मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो
।
अहिले
मेघगर्जनसहित पानी परिरहेको धनुषा, सिरहा, सप्तरी, मोरङ लगायतका ठाउँमा दिउँसो पानी
पर्न रोकिने र राती फेरि पानी पर्ने सम्भावना छ । दिउँसो पानी पर्न रोकिए पनि यी ठाउँमा
दिनभर घाम लाग्ने सम्भावना भने छैन । राति प्रदेश १, २ वाग्मती, प्रदेश ५ र सुदूपश्चिम
प्रदेशमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् बासीले बताउनुभयो
।
