Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1401




पर्वत अस्पताललाई कर्मफ्लाइट्स फाउण्डेसनको सहयोग
पर्वत अस्पताललाई कर्मफ्लाइट्स फाउण्डेसनको सहयोग

२४ असार, पर्वत । कोरोना संक्रमणको चपेटा भोग्दै अग्रभागमा खटिएका स्वासथ्यकर्मीहरुको मनोबल बढाउन कर्मफ्लाइट्स फाउण्डेसन पोखराले पर्वत जिल्ला अस्पताललाई सहयोग गरेको फाउण्डेसनले पहिलोपटक पर्वत अस्पताललाई २० थान व्यक्तिगत सुरक्षा सेट (पिपिई) उपलव्ध गराएको हो  कान्तिपुर पव्लिकेसनमा कार्यरत पर्वतका पत्रकार अगन्धर तिवारीको बिशेष पहलमा फाउण्डेसनका परिकल्पनाकार एवं निर्देशक प्रेमबहादुर कुवरले करिव ५० हजार रुपैयाबराबरका पिपिई उपलव्ध गराउनुभएको हो


कुवरद्वारा उपलव्ध गराइएका पिपिई सेट बुधबार पत्रकार तिवारीले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, उद्योग बाणिज्य संघका अध्यक्ष्ँ केदारनाथ शर्मा लगायत सिसिएमसी टोलीको रोहवरमा पर्वत अस्पताललाई हस्तान्तरण गर्नुभयो अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी जोखिममा परेको अवस्थामा प्राप्त भएका पिपिइले केहि हदसम्म शान्त्वना मिलेको स्वास्थ्यकर्मीहरुले बताए पटकपटक डिस्इन्फेक्टेड गरेर प्रयोग गर्न मिल्ने पिपिइ सेट पानी परेको समयमा समेत उपयोग गर्न मिल्ने भएकोले एम्बुलेन्स चालक, सरसफाई कर्मचारीलाई समेत उपयोगी हुने स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमले बताउनुभयो कार्यक्रममा कोभिड रोकथाम जिल्लास्तरिय कमाण्ड फोर्सका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. शिशिर देवकोटा सुरक्षा निकायका प्रमुख पत्रकार लगायतको सहभागिता थियो


गण्डकी प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै स्वास्थ्यकर्मी जोखिममा परेको हुदा आफ्नो कार्यक्षेत्र नभएर पनि सानो सहयोग गरेको फाउण्डेसनका निर्देशक कुवरले बताउनुभयो पर्वतमा पहिलोपटक सहयोग गरेको जनाउदै कुवरले यो सहयोगले अब पर्वतमा समेत काम गर्ने अवसर मिलेको बताउनुभयो उहाले आगामी दिनमा सम्बन्धित निकायसंगको अनुमति लिएर सहकार्य गर्दै पर्वतमा समेत शिक्षा तथा सामाजिक विकासका क्ष्ँेत्रमा आफ्नो संस्था काम गर्न इच्छुक भएको बताउनुभएको २०७२ सालमा कानुनि रुपमा दर्ता भई शिक्ष्ाँ, स्वास्थ्य, खानेपानी, जलविद्युत, प्राकृतिक बिपत्ती, अनाथ असहाय विद्यार्थीलाई छात्रबृत्ती, विद्यालय निर्माण, खाजा लगायतका कार्यक्रम सञ्चालन गर्दैआएको संस्थाले हालसम्म गोरखा, बागलुङ, स्याङ्जा, कास्की रुकुमपुर्वमा बिभिन्न सामाजिक काम गर्दैआएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)