Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1338




अन्तराष्ट्रिय पर्वत समाजको सहयोगमा पर्वत समाज स्पेनद्वारा आर्थिक रकम हस्तान्तरण
अन्तराष्ट्रिय पर्वत समाजको सहयोगमा पर्वत समाज स्पेनद्वारा आर्थिक रकम हस्तान्तरण

पर्वत पर्वत समाज स्पेनले कोरोना भाइरस (कोभिढ१९) को रोकथाम नियन्त्रणका लागि जारी लकडाउनले निम्त्याएको विषम परिस्थितीमा समस्यामा परेका आफ्ना सदस्यलाई आर्थिक सहयोग गरेको अन्तराष्ट्रिय पर्वत समाजको आर्थिक सहयोगमा स्पेनको बार्सिलोनामा एक कार्यक्रमको आयोजना गरि आफ्ना सदस्यलाई आर्थिक रकम उपलव्ध गराएको हो


१३ जना सदस्यलाई १÷१ सय यूरो वितरण गरेको पर्वत समाज स्पेनका अध्यष दिनेशराज रेग्मीले जानकारी दिनुभयो विशेष गरि स्पेनमा अवैधानिक रुपमा बसोवास गदै आएका तथा काम गर्ने प्रक्रियामा रहनु भएका पर्वतेली नागरिकहलाई सहयोग गरेको संस्थाका अध्यक्ष रेग्मीले बताउनु भयो अध्यक्ष रेग्मीकै अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा संस्थाका पूर्व उपाध्याक्ष एवम् अन्तरास्ट्रिय पर्वत समाजका सल्लाहकार इन्द्रप्रसाद शर्मा, अन्तरास्ट्रिय पर्वत समाजका सल्लाहकार गंगाप्रसाद भूषालको समुउस्थितिमा पर्वत समाज स्पेनका संरक्षक ओमर गुरुङले आफ्नो मन्तब्य राख्नुभएको थियो उक्त कार्यक्रमको संचालन संस्थाका महासचिव अनन्त लामिछानेले गर्नुभएको थियो  

पर्बत जिल्ला संसारभर छरिएर रहनुभएका पर्वतेलीहरुलाई सहयोग गर्नका लागि स्थापित अन्तरास्ट्रिय पर्बत समाजले विश्वब्यापी कोरोना महामारीको कारण प्रभावित पर्बतेलीहरुलाई सहयोग गर्न कोरोना आकस्मिक कोष स्थापना गर्ने घोषणा गरी विभिन्न मुलुकमा छरिएर रहनुभएका आफ्ना सदस्यहरुसंग कोषमा आर्थिक सहयोग जम्मा गर्नका लागि आब्हान गरेको थियो



संसारभर विभिन्न देशमा स्थापना भएका पर्वत समाजहरुसंग हातेमालो गर्दै समस्त पर्वतेलीहरुको सहयोग संजाल स्थापना गर्ने पवित्र उदेश्य लिएर अगाडी बढिरहेको अन्तरास्ट्रिय पर्बत समाज स्पेनमा रहनुभएका पर्वतेलीहरुको हितमा काम गरिरहेको पर्बत समाज स्पेनको सहकार्यको मर्म अनुसार यस महामारीको समयमा स्पेनबासी पर्बतेलीहरुलाई दुबै संस्थाको समन्वयमा के कस्तो सहयोग प्रदान गर्न सकिन्छ भनेर दुवै संस्थाका प्रतिनिधिबीच  विभिन्न चरणमा छलफल समेत भएको थियो पर्वत समाज स्पेनका अध्यक्ष दिनेश राज रेग्मीका अनुसार कोरोना माहामारीका कारण स्पेन प्रभावित भएको लामो समयसम्म लकडाउन हुँदा स्पेनमा बसोबास गर्ने पर्वतेलीहरको मुख्य समस्या आर्थिक समस्या नै हो भन्ने पहिचान गरि अन्तराष्ट्रिय पर्वत समाजसंग सहयोगका लागि अनुरोध गरिएको थियो  


सहयोगका लागि पर्वत समाज स्पेनले  अन्तराष्ट्रिय पर्बत समाजलाई हार्दिक धन्यवाद एबम आभार ब्यक्त गरेको   साथै आगामी दिनहरुमा पनि अन्तरास्ट्रिय पर्बत समाज पर्बत समाज स्पेन बिच यस्तै सहयोग समिप्यता रहनेमा पुर्ण बिश्वास्त हुन आग्रह गदै पर्वत समाज स्पेनका अध्यक्ष  दिनेशराज रेग्मीले आगामी दिनमा थप सहयोग मिल्ने जिकिर गर्नुभयो

सहयोग प्राप्त गर्ने एक सदस्यले समस्यालाई न्यूनीकरण गर्न पहल गर्ने पर्बत समाज स्पेन सहयोग गर्ने अन्तरास्ट्रिय पर्बत समाज प्रती हार्दिक कृतज्ञता प्रकट गर्नुभयो साथै उहाँहरुले समाजका कार्यक्रममा सधै साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गदै यस्तो दुखको घडीमा नगद आर्थिक सहयोग पाएकोमा खुशी ब्यक्त गर्नुभयो



यसभन्दा अगडी पनि लकडाउन कारण समस्यामा परेका सदस्यलाई  ५० युरो बराबरको खाद्यान्न सहयोग गरेको पर्बत समाज स्पेनले आफ्ना सदस्यहरुलाई गाह्रो सारो परेको जुनसुकै अवस्थामापनि सहयोगबाट बन्चित हुन नपरोस् भनि विभिन्न किसिमका सहयोगका कार्यक्रमहरुलाई जोडतोडका साथ अगाडी बढाएको साथै अन्तराष्ट्रिय पर्वत समाजले कोरोना भाइरसका कारण समस्यामा परेको नागरिकहरलाई सहयोग गदै आएको कोरोना भाइरसका कारण समस्यामा परेका पर्वतेली नागरिकको सहयोगार्थ आपतकालिन कोष स्थापना गरि प्रवासी पर्वतेलीलाई सहयोग गरेको

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)