Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1212




खेतीयोग्य जमिन पहिरोको चपेटामा : पहिरो नियन्त्रणमा स्थानीय सरकार उदाशिन
खेतीयोग्य जमिन पहिरोको चपेटामा : पहिरो नियन्त्रणमा स्थानीय सरकार उदाशिन

पर्वत मोटरबाटो निर्माणमा जोड दिँदै आएको फलेवास नगरपालिकाले भत्केको वा पहिरोले पुरिएको सडक मर्मतमा चासो नदेखाउन यहाँ ८० घरधुरी मर्कामा परेका छन् गत बर्ष निर्माण भएको फलेवास नगरपालिका देविस्थानको राहाले डंन्डुरेखोला देखी तल्लो भागहुँदै डंडालीचौरसम्म पुग्ने सडक निर्माण भएको एक महिनामै खेतीयोग्य जमिन सहित सडक सँगै पहिरो गएपछि यहाँका स्थानीय समस्यामा परेका हुन्

पहिरोले स्थानीय मेनुका भुषाल, उत्सव भुषाल, राजु भुषाल,गुमा रिजाल, शिवकुमार श्रेष्ठ राजन भुषाल, हिरा भुषाल लगायतको खेतमा क्षेती पुगेको महिनाभन्दा बढि समय खाना पुग्ने खेत पहिराको उच्च खोजिममा परेपछि स्थानिय चिन्तीत बनेका छन्

खेतीपाती लगायत अन्य महत्वपूर्ण कार्यमा यातयात संचालन गदै आएका स्थानीयले पहिरो गएर सडक भत्किएको एक बर्षसम्म पनि मर्मत नुहँदा राज्य बिहिन हुनुपरेको गुनासो गरेका छन् गत बर्ष जेठ गते आएको अविरल बर्षाको कारणले स्थानीय मेनुका भुषालको खेत हुँदै सडक भत्किएको थियो

सडक भत्किए लगत्तै स्थानीयले वडा कार्यालय फलेवास नगरपालिकामा तारजालीभरी पहिरो रोकथाम  नियन्त्रण गरि मोटरबाटो संचालन गर्न माग गदै निवेदन पेश गरेका थिए तर, एक बर्षसम्म पनि माग सुनुवाई नभएको उनीहरुको गुनासो

पहिरो रोकथाम नियन्त्रणका गरि यातयात संचालनका लागि हामीले वडा सँगै फलेवास नगरपालिकाको कार्यालयमा निवेदन दियौँ स्थानीय उत्सव भुषालले भने,‘तत्कालका लागि माग सम्बोधन गर्ने आश्वासन दिएपनि अहिलेसम्म सुनुवाई नभए वडा कार्यालयले नगरपालिकालाई देखाउँछ, नगरपालिकाले वडा कार्यालयलाई देखाउँछ , भुषालले भने

हिउँद महिनामा खासै समस्या नदेखिएपनि बर्षायाममा पहिरो झर्ने क्रममा रोकिन सकेको छैनस्थानीय राजु भुषालले भने,‘जग्गाको नाममा भएको त्यही खेतपनि कतिबेला पहिरोले लैजान्छ भन्ने डरमा हामी बाँचिराखेका छौँ

स्थानीय मेनुका भुषालले पनि समस्या समाधानमा स्थानीय तहले बेवास्ता गरेको आरोप  लगाउँछिन अरु बेला कृषि क्षेत्रको प्रवद्र्धन विकासमा जोड दिएपनि खेती योग्य जमिन पहिरोले लैजाँदा पनि समस्या समाधानमा स्थानीय तह गैरजिम्मेवार बन्नु अस्वाभानीय भएको उनको तर्क

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)