Correspondent, ParbatNepal
5 years ago
1511
पर्वत, असार २६ । गत जेष्ठ ३१ गते राती पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ ढकाल बारीमा गएको पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । गैह्रआवसीय नेपालि संघ, जापान क्युस्यु क्षेत्रिय कमिटिको पहलमा आर्थिक सहयोग प्राप्त भएको हो । गैह्रआवसीय नेपालि संघ, जापान क्युस्यु क्षेत्रिय कार्यसमितिका सदस्य दुलुर्ङ निवासी चक्रपाणि शर्माको बिषेश पहलमा तथा फुकुओका नेपाल सोसाईटिका उपाध्यक्ष शिव शर्मा, र एनआरएनए क्युस्यु को नेतृत्वमा ८१ हजार ३ सय रुपैयाँ रकम संकलन भएको थियो ।
उक्तm सहयोग रकम हस्तान्त्रणको सहजकिरण पर्बतमा रहेको सामुदायिक रेडियो कुशुमले गरेको थियो । शुक्रबार सहयोग रकम घरमै पुगि एक कार्यक्रमका बिच समाजीक ब्यतिmत्वहरु गोबिन्द पहाडी, मेघनाथ पाध्या, लेखबहादुर गुरुङ र प्रितम गुरुङ मार्फत पिडित परिवारलाई हस्तान्त्रण गरीएको रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेलीले जानकारी दिनुभयो । प्रति परिवार ३५ हजारका दरले राहात रकम प्रदान गरीएको हो । भिषण पहिरोबाट भएको जनधनको क्षतिमा परी ज्यान गुमाएका तुलबहादुर थापाको परिबारलाई ३५ हजार, कमला विकको परिवारलाई ३५ हजार र पहिरोबाट जोगिई धनजनको क्षतिमा परेका भुबन गिरीलाई ११ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग हस्तान्त्रण गरिएकोे हो ।
प्राप्त सहयोग रकम हस्तान्त्रण कार्यक्रममा बोल्दै सामाजीक ब्यक्तीत्व तथा जिल्ला अस्पताल ब्यवस्थापन समिति अध्यक्ष गोबिन्द पहाडीले सामाजीक मनका धनी गैह् आवसीय नेपालि संघ, जापान क्युस्यु क्षेत्रिय कार्यसमितिका सम्पुर्ण सदस्य सहयोगि मनहरुलाई धन्यवाद दिनुभएको थियो । बिपदको समयमा मानविय हिसावले एकले अर्कालाई सहयोग गर्नु अपरिहार्य रहेको भन्दै आगामी दिनमा पनि सबै ठाउँबाट यस्तै मानवीय भावनाले सहयोग गर्न आग्रह गर्नुभयो ।राहत वितरण कार्यक्रममा सहभागि सबै सामाजीक ब्यतिmत्वहरुले विपतमा मानवीय भावनाले सहयोग गर्ने गैह् आवसीय नेपालि संघ,जापान क्युस्यु क्षेत्रिय कार्यसमितिका सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिएका थिए । जेठ ३१ गते गएको पहिरोमा परि दुई परिवारका ९ जनाको मृत्यु भएको थियो ।
