Correspondent, ParbatNepal
5 years ago
1233
२८ असार, पर्वत
। केही दिनयता देशभर भइरहेको वर्षा अझै तीन दिनसम्म जारी रहने मौसमविद्ले अनुमान
गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार दक्षिणी
क्षेत्रतर्फ नेपाल नजिकै रहेको मनसुनको न्यून चापीय रेखा केही तल सर्ने र वर्षाको
मात्रा थोरै कम हुने सम्भवना देखिएको छ ।
न्यून चापीय रेखा भोलि केही तल सरे पनि पुनः
माथि आउने सम्भावना पनि रहनेछ । प्रधानांगका अनुसार रेखा तलमाथि सरिरहन्छ, त्यही भएर भोलि तल सरेपछि तलको तलै
जाने हुँदैन, फेरि माथि (नेपालनजिक) आउन पनि सक्छ र
वर्षा पुनः बढ्न सक्छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज पनि देशका
धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ
।
प्रदेश १, २ र
बागमतीका थोरै स्थान साथै गण्डकी, ५
नम्बर र सुदूरपश्चिम प्रदेशको एकदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा भने मध्यमसम्म वर्षा हुने सम्भावना
रहेको मौसमविद् प्रधानांगले जानकारी दिनुभयो । मनसुनका बेला ५० मिलिमिटर भन्दा
माथिको वर्षालाई भारी मानिन्छ ।
बितेको २० घण्टामा उपत्यकामा ९.३ मिलिमिटर
वर्षा भएको छ । बितेको २४ घण्टामा प्रदेश १, २, गण्डकी तथा बागमती प्रदेशका पनि एक–दुई स्थानमा भारी वर्षा भएको मौसमविद्
प्रधानांगले सिआइएनलाई जानकारी दिनुभयो ।
