Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1261
पर्वतको चुवामा पहिरोले अवरुद्ध पोखरा-बागलुङ सडक सुचारु
पर्वत । अबिरल बर्षाका कारण भिरवाट पहिरो खस्दा अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नं। ८ चुवाको भीरमा पहिरो जाँदा आइतबार बिहानै देखि सडक अबरुद्ध भएको थियो । विहानैदेखि डोजर स्काभेटर प्रयोग गरेर केहि वेर अघिदेखि दुइतर्फि नै सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडकमा ठुलो मात्रामा ढुंगामाटो थुप्रिएकाले पहिरो पन्छाउन ढिलाई भएको हो । सडक सुचारु भएसँगै पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउँदै गरेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् भने यस क्षेत्रवाट छुटेका लामो तथा छोटो दुरीका सवारीसाधनहरु पनि गन्तव्यतर्फ गईसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2389
सम्बन्धित समाचार ( मुख्य खबर)
