Correspondent, ParbatNepal
5 years ago
1363
पर्वत
जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा
गरिएको परिक्षणमा पर्वतको फलेबास नगरपालिका र महाशिला गाउँपालिकाका दुई जना पुरुषमा
कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै पर्वतमा संक्रमितको संख्या ९३ पुगेको छ ।
पर्वत
। पर्वतमा थपिएका दुई जना सहित गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस ९कोभिड १९०को
संक्रमित थपिए सगँ गण्डकीमा कोरोना संक्रमितको सख्या १२ सय नजिक पुगेको छ ।
गण्डकी
प्रदेशमा १ हजार १ सय ९२ कोरोना संक्रमितको संख्या पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान
प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप १५ जना नयाँ संक्रमित फेला
परेका हुन् ।
तनहुँमा
६ जना, पर्वत, लमजुङ र बागलुङमा २र२ जना, नवलपुर, स्याङजा र गोरखामा १र१ जनामा कोरोना
संक्रमण देखिएको स्वाथ्य निदेशनालय गण्डकीका निर्देशका डा विनोद विन्दु शर्माले जानकारी
दिए ।
